अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टर सल्लाहकार समिति गठन

बिआरटीनेपाल २०७६ असोज २६ गते १६:१७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरले सल्लाहकार समितिको गठन गरेको छ । च्याप्टरको मिति अक्टोबर १२, २०१९ मा बसेको कार्यकारिणी समितिको बैठकद्वारा अन्तर्राष्ट्रिय नेपाली समाज, कोलोराडो च्याप्टरको विधान -२०१२, धारा ८ बमोजिम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरलाई आफ्नो कार्य सम्पादन गर्न आवश्यक सुझाव र सरसल्लाह दिनको लागि नेपाली भाषा, साहित्य, कला तथा सङ्गीतको साथै अनेसास र अनेसास, कोलोराडो च्याप्टरमा योगदान पुर्‍याउनु भएका ५ व्यक्तित्वहरू रहनुभएको सल्लाहकार समितिको गठन गर्ने निर्णय गरेको हो । उक्त सल्लाहकार समितिमा पदम विश्वकर्मा, कृष्णमुरारी ढुङ्गेल, केशव आचार्य, रोहिणीकुमार शर्मा र निर्मल प्याकुरेल हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू