अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

आमासँगको भेट

केशव प्रसाद रुपाखेती २०७६ असोज ५ गते १२:३० मा प्रकाशित

हाँस्दै हाँस्दै मध्य रातमा सपनामा आई,
आफ्नो सन्तानहरू सबै वरिपरि बोलाइ।।

के गर्दै छौ तिमीहरू कता कता जान्छौँ ?
म नहुँदा चाडपर्व कसोगरि मान्छौ!!

तिम्रा यिनै शब्दहरूले नीद हराई गयो,
मध्य रातमा आखाहरु खहरे झैँ भयो !!

तिम्रो काखमा बितेका ती रमाइला दिन,
सम्झिएर एक एक गरी रुन्छ मेरो मन।

तिम्रो यादमा धेरै दिन रातहरू गए,
साना साना नानी बाबु टुहुरा नै भए।

शून्य बनाइ घर आँगन कता गयौ तिमी,
बाटो हेर्दै रातदिन बसेका छौ हामी ।।

बिपनामा आऊ तिमी सपनामा किन??
लिन आउँछौ अहिल्यै हामी कता पो छौ भन!!!

प्रतिक्रिया