अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 13:34

प्रमोद खरेलको नयाँ म्युजिक भिडियो सार्वजनिक

प्रकाश अर्याल २०७६ भदौ २९ गते १०:४१ मा प्रकाशित

स्कटल्यान्ड, चर्चित गायक प्रमोद खरेलको सुमधुर गीत “राम्री हुनुमा पनि” को म्युजिक भिडियो सार्वजनिक भएको छ । “राम्री हुनुमा पनि” बोलको गीतको शब्द/सङ्गीत अर्का गायक/सङ्गीतकार विष्णु खत्रीको रहेको छ । विदेशमा बसेर पनि नेपाली गीत सङ्गीतको विकासको लागि परेका हाल स्कटल्यान्ड बस्ने कलाकार सागर खत्रीले उक्त म्युजिक भिडियो निर्माण गर्नु भएको हो ।

प्रेमिकाको सुन्दरताको बयान गरिएको उक्त गीत मा “राम्री हुनुमा पनि एउटा हद हुन्छ, तिम्रो सुन्दरताको बयान नगर्ने यो धर्तीमा कुन छ” भन्ने भाव व्यक्त गरिएको छ । उक्त म्युजिक भिडियोमा सागर खत्री र रोशना कार्कीको अभिनय रहेको छ भने सिनेमाटोग्राफी फ़ोस्टास टालाकाको रहेको छ । रो प्रोडक्सन युकेको सहकार्यमा निर्माण भएको उक्त म्युजिक भिडियोको निर्देशन दीपेश रेग्मीको रहेको छ । कलाकार सागर खत्रीको युट्युब च्यानलबाट म्युजिक भिडियो रिलिज गरिएको छ ।