अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

पुर्वाधारमा सरकारले लगानी बढाउन आवश्यक – डा. भट्टराई

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:३६ मा प्रकाशित

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वाधारमा सरकारले लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा बुधबारबाट काठमाडौंमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा उहाँले पूर्वधार क्षेत्रको लरकारको लगानी बढाउने पर्ने आवश्यकता औँल्याउनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले नेपालको निजी क्षेत्र अझै पनि पूर्वधारमा लगानी गर्न सक्षम नरहेको समेत बताउनुभएको छ ।

सुरुङमार्ग बनाउनको लागि निजी क्षेत्रलाई जिम्मेवारी दिए पनि काम नगरेको भन्दै उहाँले पूर्वाधार क्षेत्रमा निजी क्षेत्र असक्षम देखिएको ठहर गर्नुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा निजी क्षेत्रले लगानी साझेदारी गर्नसक्ने भन्दै डा. भट्टराईले द्रुतमार्गसँग जोडेर विमानस्थलमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । तराइमा निर्माणाधीन हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण गर्ने र कोशी, गण्डकी र कर्णाली नदी किनारमा उत्तर दक्षिण राजमार्ग निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्ने उहाँको धारणा छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले लगानीको वातावरण बनाउन सरकार केन्द्रित भएको दाबी गर्नुभयो । उहाँले सरकारले श्रम ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनलगायतका ऐन तय गरी कानुनी सुधार गरेर लगानीको वातारण सुधार्न प्रयास गरेको दाबी गर्नुभएको छ । कार्यक्रममा एसियाली विकास बैंकका महानिर्देशक वुचङ उमले समुदायमा आधारित पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू