अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

क्यानडामा बसन्तको काव्ययात्रा

बिआरटीनेपाल २०७६ भदौ २३ गते ९:५५ मा प्रकाशित

कवि बसन्त चौधरीले आफ्नो विश्व– काव्ययात्राको दोस्रो चरणको थालनी क्यानडाको टोरन्टोबाट गर्नुभएको छ । यही ८ सेप्टेम्बरका दिन टोरन्टोमा उहाँको एकल कविचावाचन सम्पन्न भएको छ । कवितावाचनका माध्यमबाट प्रवासी नेपालीलाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति अभिरुचि जगाउँदै नेपाली भाषा(साहित्यको प्रचार÷प्रसार गर्ने र नेपाली वाङ्मयको वर्तमान अवस्थाबारे बोध गराउने उद्देश्य रहेको बताउँदै चौधरीले कार्यक्रममा डेढ दर्जनजति कविता सुनाउनुभयो ।

उक्त कार्यक्रम नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा सम्पन्न भएको थियो । कायृत्र,ममा चौधरीले आफ्नो बहुचर्चित आध्यात्मिक रचना ‘माग्दिन प्रभु म तिम्रो स्वर्ग देऊ, यही धर्ती भए पुग्छ, यही शान्ति भए पुग्छ’ बाट सुरु गरेर शाश्वत प्रेमसँगसँगै देशको समकालीन विषयवस्तुमाथि रचित तथा प्रकृतिसंग जोडिएका विभिन्न कविता वाचन गर्नुभएको थियो ।

क्यानडाबाट थालिएको विश्व– काव्ययात्रा ११ सेप्टेम्बर २०१९ मा न्यूयोर्कमा र २० औँ श्रृंखला १५ सेप्टेम्बर २०१९ मा भर्जिनियामा आयोजना हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू