अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

आइसिसी महिला फोरम संयोजकमा दक्षिण कोरियाबाट पनि उम्मेदवारी

अर्जुन बराल २०७६ भदौ २२ गते ९:१३ मा प्रकाशित

सोल, गैह्र आवासीय नेपाली सङ्घ(एनआरएनए) को यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौँको हायात होटेलमा हुँन गइरहेको नवौँ विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसिसीको विभिन्न पदमा नेतृत्वका लागि आकाङ्क्षीहरूले आ–आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् भने अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गदै नयाँ नेतृत्व चुन्ने क्रम जारी नै छ ।

यसैबिच एनआरएनएको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि हङकङमा सम्पन्न क्षेत्रीय भेलाको साथै अस्ट्रेलियामा सम्पन्न भएको ओसेनिया क्षेत्रीय भेला पश्चात् सतहिरुपमा आकाङ्क्षीहरू बाहिर देखिन थाली सकेका छन् भने नेतृत्वका लागि दाबेदारीहरु बढेसँगै एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङले पनि आइसिसी महिला फोरम संयोजकमा उम्मेदवार घोषणा गरेकी छिन् ।

लामो समयदेखि दक्षिण कोरियामा रहेर सफल ब्यबसायीक महिलाका रूपमा आफूलाई चिनाई सकेकी जुनु गुरुङ “वुमन फर वुमन” दक्षिण कोरियाकी पूब अध्यक्ष हुँन भने दक्षिण कोरियाको सरकारले प्रदान गर्ने मानार्थ सिटिजन सिपबाट सम्मानित महिला हुँन । गुरुङले आफूले एनआरएनए एनसीसी गठन भएको सबैदेशमा महिला फोरम संयोजकको हैसियतमा रहँदा महिला फोरम गठन गर्न सफल भएकोमा खुसी व्यक्त गदै त्यसका निम्ति सबैप्रति आभार प्रकट गरेकी छिन् ।

यसै बिच गुरुङले एसिया प्यासिफिक क्षेत्र र मध्यपूर्वका मजदुर तथा महिलाहरूको दर्दनाक अवस्थाको न्यूनीकरण सहित महिलाका आवाजलाई सशक्त रूपमा उठाई उनीहरूको आर्थिक तथा ब्यबसायीक पाटोलाई सक्षम बनाउन प्रयास सँगै सबैतिर छरिएर रहेका महिलाहरूको सञ्जाललाई अझ बिस्तार गरी फराकिलो बनाउने प्रतिबद्धता सहित एनआरएनएलाई अझ गतिशील र सबैको अपनत्व हुने गरी सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितताको लागि जोड दिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू