अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

नेकपा अध्यक्ष प्रचण्ड परिवारसहित युएई प्रस्थान

बिआरटीनेपाल २०७६ साउन १४ गते ७:४२ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्नुभएको छ । उहाँ मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई जानुभएको हो । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण गरिएको अध्यक्ष प्रचण्डको पारिवारिक स्रोतले जनाएको छ ।

५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष प्रचण्डको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको बताईएको छ । यसअघि, अध्यक्ष प्रचण्डले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू