अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१५ | Colorodo: 20:30

बंगलादेशमा भीषण बाढी, १० लाख प्रभावित

बिआरटीनेपाल २०७६ साउन १ गते ९:४२ मा प्रकाशित

बंगलादेशमा भारी वर्षाका कारण गएको बाढीले १० लाखभन्दा बढी मानिसहरु प्रभावित भएका छन् । वर्षाका कारण बंगलादेशका कयौं नदीहरुमा खतराको चिन्हभन्दा माथि जलस्तर पुगेको छ । ‘बीडी न्यूज २४’ ले बाढीले १५ जिल्लाका सयौं घरहरु, बाटोघाटो, शिक्षण संस्था र अन्नबालीमा ठूलो क्षति पुगेको जनाएको छ । कुरीग्राममा पाँच र जमालपुरमा दुई बालक बाढीमा बगेका बताइएको छ ।

बंगलादेशको जल विकास बोर्डअन्तरगतको बाढी चेतावनी र पूवार्नुमान केन्द्रले आगामी ७२ घण्टामा ब्रह्मपुत्र–जमुना र गंगा–पद्मा नदीमा पानीको स्तर बढ्ने भन्दै सबैलाई सतर्क रहन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू