अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

मिस नेपाल नर्थ अमेरिकाको अन्तिम १७ प्रतियोगीहरू छनौट, शृङ्खला खतिवडा लगायतको सहभागिता साथै साङ्गीतिक प्रस्तुति

विजय थापा २०७६ असार २८ गते १९:५८ मा प्रकाशित

डिसी । आगामी अगस्त १७ का दिन न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१९ का अन्तिम प्रतियोगीहरूको छनौट सम्पन्न भएको छ । अन्तिम (फाइनलिस्ट)मा अमेरिकाका विभिन्न राज्यहरूबाट सहभागिता रहेका मध्ये १७ जना निर्णायक चरणमा पुगेका हुन् ।

उक्त अन्तिम सूचीमा पुग्ने १७ जना प्रतियोगीहरू मध्येमा मिनेसोटाकी आसमा थापा मगर, भ्यानकुभर क्यानडा कि आस्था पाण्डे ,मिनेसोटाकी एन्जिला अधिकारी, ओहायो की विष्णु मिश्रा, भर्जिनिया कि गरिमा पौडेल, म्यासाचुसेट्सकी कृति केसी ,न्यूयोर्ककी मनीषा रोका, क्यालिफोर्नियाकी ओशिन रायमाझी, ओकल्हामाकी राज श्री आचार्य, न्यु योर्ककी रेबिका श्रेष्ठ ,क्यालिफोर्नियाकी रिस्ता शाह, ईडाहोकी सबिना पौडेल ,कोलोराडोकी सेलिषा नेपाल ,मेरिल्याण्डकि शिक्षा घिमिरे,न्यु योर्क की सोनी खनाल ,पेन्सेलभेनियाकी सोनिशा थापा तथा न्यूयोर्ककी श्रीया गजुरेल छनौटमा पुग्न सफल भएका छन् ।

गत वर्ष मिस नेपाल नर्थ अमेरिकामा मोनिका घले भएकी थिइन् प्रथम विजेता सुजाता लामा तथा द्वितीय विजेता सृजना राई भएका थिए । यस पटक मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि कूल ३३ जनाले निवेदन दिएका थिए भने त्यस मध्ये उत्कृष्ट १७ जनालाई छनौट गरेको आयोजकका प्रमुख शैलेन्द्र श्रेष्ठले जनाएका छन् । दोस्रो मिस नेपाल नर्थ अमेरिका २०१९ नामक कार्यक्रमको लागि मिस नेपाल वर्ल्ड २०१८ कि शृङ्खला खतिवडा आधिकारिक सहभागी मेन्टर(परामर्शदाता)को रूपमा सहभागिता हुने छिन ।

यस पटक पनि मिस नेपाल २०१० कि सदिक्षा श्रेष्ठले आधिकारिक कोरियोग्राफरको भूमिका निर्वाह गर्ने छिन । अतिथि कलाकारहरूमा क्रमशः एड्रीएन प्रधान ,सिने गुरुङ ,बिक्की गुरुङ ,आदित्य लामा,राहुल राई तथा जय गुरुङको प्रस्तुति रहने छ । यसै गरी यस पटक उद्घोषक सुमित सिग्देलले गर्ने छन् भने डिस्क जोकी(चक्रिका विदूषक)हरूमा क्रमशः रोकेश गुरुङ तथा जङ्गबु शेर्पा रहने छन् । आगामी अगस्त महिनाको १७ तारिखका दिन गत वर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेलरोज बलरुममा कार्यक्रम हुने भएको छ ।

स्मरण रहोस्, गत वर्ष प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि मिस नेपाल २०१० कि सदिक्षा श्रेष्ठले कोरियो ग्राफ गरेकी थिइन् भने २०१७ कि मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ कार्यक्रम प्रस्तोता रहेकी थिइन् । प्रतियोगितामा भाग लिनको अलागी आवेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको थियो । कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम गर्ने छ । ९ वर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको टोलीमा संस्थापकहरूको संलग्नता रहेको छ । आयोजक समूह शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सह संस्थापक सभापति रहेका छन् ।

प्रतिक्रिया