अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

बाढीपहिरो प्रभावितलाई एनआरएनए अमेरिकाले सहयोग गर्ने

बिआरटीनेपाल २०७६ असार २७ गते २३:३५ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपालमा आएको बाढी र पहिरो प्रभावितलाई सहयोग गर्ने जनाएको छ । मुलुकका विभिन्न भागमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्र्दै प्रभावितलाई सहयोग गर्ने बताउको हो ।

एनआरएनए अमेरिकाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ’जल प्रकोपमा जीवन गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा गहिरो समवेदना!’ एनआरएनए अमेरिका सहयोगका लागि सधैँ झैँ सबैसँग मिलेर काम गर्न तयार रहेको विज्ञप्तिमा छ ।

संघका महासचिव पशुपति पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तिमा अगाडी भनिएको छ, ’दाता र मनकारीहरूबाट मात्रै यस्ता अभियान सफल हुन्छन् भन्ने हाम्रो अटुट विश्वास रहेको छ।’ यो पटक पनि गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्सँग मिलेर काम गर्ने तयारीमा लागेको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया