अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

गैर आवासीय नेपाली सङ्घ अमेरिकाको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न

बिआरटीनेपाल २०७६ असार २४ गते ८:४० मा प्रकाशित

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा आइतबार नयाँ कार्यसमितिको पहिलो बैठक बसेको छ । महासचिव पशुपति पाण्डेद्वारा पठाएको प्रेस विज्ञप्ति जस्ताको त्यस्तै :

प्रेस विज्ञप्ति:

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको पदभार सम्हालेको नयाँ कार्यसमितिले आफ्नो कार्य प्रारम्भ गरेको सहर्ष जानकारी गराउन छौ । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल कुमार साहको अध्यक्षतामा आइतबार नयाँ कार्यसमितिको पहिलो बैठक बस्यो । तात्कालिक आवश्यकता, दीर्घकालीन कार्य योजना र सान्दर्भिक विषयवस्तुलाई समेटेर महासचिव पशुपति पाण्डेद्वारा राखिएका प्रस्तावहरू माथि बैठकमा छलफल भयो ।

कार्यसमितिका निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरूको उपस्थितिमा रिजनल कोर्डिनेटर गौरी जोशी, डिआरसी नविन शेरचन र आइसीसी सदस्यहरू समेतको सहभागितामा गरिएको बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको जानकारी गराउदछौं । बैठकको प्रारम्भमा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरू बिचमा आपसमा परिचय साथै दुई वर्षको सहयात्रा र सहकार्यका लागि आत्मीयता र आपसी सद्भाव जगाउँदै संस्थाको हितमा अगाडि बढ्ने सामूहिक प्रतिबद्धता सहित सिकागोमा उपस्थित पदाधिकारी र सदस्यहरू आमनेसामने बसेर कार्यसमितिको बैठक शुभारम्भ भयो ।

महासचिवको दुई वर्षीय कार्ययोजनाको प्रारम्भिक प्रतिरूप माथि विचार मन्थन गरियो । पदाधिकारी र सदस्यहरूको थप राय सुझाव सहित आगामी बैठकमा पेस गर्ने सहमति गरियो ।

एनआरएनए आइसीसीको अक्टोबर महिनामा नेपालमा हुने अधिवेशनमा अमेरिकाबाट सहभागी हुने प्रतिनिधि चयन गर्न बैठकले प्रतिनिधि चयन समिति गठन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष संयोजक र क्षेत्रीय उपाध्यक्षहरू, महासचिव र कोषाध्यक्ष सदस्य रहने गरी ७ जनाको समिति गठन गरेको छ । समितिले प्रतिनिधि चयनमा संस्थाको विधान, अमेरिकाको विद्यमान कानुन, आइसीसीको गाइडलाइन र आवश्यक परेमा अरू महत्त्वपूर्ण पक्षलाई आधार बनाएर प्रतिनिधि चयन कार्यविधि बनाइ काम गर्ने छ ।

आजकै बैठकले विधान समितिको संयोजकमा उपाध्यक्ष वी आर लामा, अमेरिकामा हुने जनगणनामा नेपालीहरूको सहभागिता बढाउन गठित सेन्सस २०२० समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष अर्जुन बनजाडे र आइटी समितिको संयोजकमा महासचिव पशुपति पाण्डे रहने गरी पहिलो चरणमा तिन समिति गठन गरिएको छ । समितिमा थप सदस्य संयोजकहरूले बोर्डको सल्लाहमा चयन गर्ने छन् ।

एनआरएनए-एनसिसि, अमेरिकाका पदाधिकारी, बोर्ड सदस्य र आइसिसि का सदस्यहरू इलोनोइज राज्यको सिकागोमा आमनेसामने बसेर गरेको यो पहिलो बैठकले आठौँ साधारण सभा र शपथ ग्रहण कार्यलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण सदस्यहरू, स्थानीय च्याप्टर, आठौँ साधारण सभा र शपथ ग्रहण कार्यक्रम तयारी समिति सदस्यहरू, निवर्तमान केन्द्रीय समिति तथा च्याप्टर समिति, टास्कफोर्स, सल्लाहकार, स्थानीय नेपाली सङ्घ/संस्था, कलाकार, सञ्चारकर्मी र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरिएको जानकारी गराउदछौं । 

पशुपति पाण्डे
महासचिव
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परि

प्रतिक्रिया