अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३१ | Colorodo: 14:46

यौन प्यास – राजबाबु श्रेष्ठ ‘सागर’

राजबाबु श्रेष्ठ 'सागर' २०७५ चैत ९ गते १०:०२ मा प्रकाशित

कथा 
उषासँगको प्रेम बिछोडपछि अशोक पागल भए । अशोक प्रायजसो घोरिएर बसिरहन्थे । लामा लामा दाह्री, लामा लामा जिङ्गृङ्ग परेको कपाल, फोहरी, मैलो अनि च्यातिएको कपडा उसको दैनिकी पोसाक बनिसकेको थियो । कहिले पुरानो फित्ता चुटेको चप्पल लगाएर हिँड्थे भने, कहिले नाङ्गै पाउ हिड्थें ऊ । यसरी नाङ्गै पाउ हिँड्दा, ठेस लागेर रगताम्मे भएको खुट्टाको औँलाहरूमा, झिंङ्गा भन्किएर बस्थ्यो । अनि सडकको कुनै पेटीमा बसेर, झिँगा धपाई बस्थे त कहिले खोन्च्याङ्-खोन्च्याङ्ग गर्दै एकोहोरो हिँडिरहेको भेटिन्थ्यो उसलाई ।

घरीघरी आकाशतिर फर्केर, हातको औंलाभाच्दै, एक, दुई, तीन गरी मनमनै गन्थ्यो अशोक । खै के गन्थ्यो कुन्नि ऊ आकाशतिर फर्केर । कोही केटी देख्नै हुँदैनथ्यो उसले, ” उषा, काँ गाथ्यौ मलाई छाडेर । आऊ हिँड घर ।” भन्दै च्याप्पै नारी समाउन गइहाल्थ्यो ऊ । अशोक जुनसुकै केटीलाई पनि, आफ्नै उषा देख्थियो । त्यसैले, भरखरकी युवती केटीहरू ऊ आइरहेको बाटो छाडी, परपर भएर हिँड्थ्यो ऊदेखि डराएर ।

अशोकको मस्तिष्कमा, आफूमाथि भएको घटना र उषामाथि भएको घट्नाको दृश्य बारबार ताज भएर आइरहन्थ्यो । अशोक फेरि उही घटना सिनेमाको दृश्य झैँ सम्झिन्थ्यो –

सिलौटामा मसला पिसिरहेकी उषालाई एक्कासि भान्साघरबाट छ-सात जना महिलाहरूले उसको चुल्ठो बाबियो झैँ समाती, घिसार्दै बाहिर आँगनमा ल्याएर, भकुरेर नीलडामे र रगताम्मे पारे । झुल्फे र मुन्द्रे केटाहरूले पनि अशोकलाई भकुर्नु भकुरेर, बेहोस बनाए । मुन्द्रे र झुल्फे केटाहरू यसो भन्दै कुट्दै थिए – ” साला ऐ होइन तेरो गरिखाने हतियार । ऐ, केटा हो ! फोड् यसको अण्डा ।”

अशोक ती घटनाहरूको दृश्यबाट झल्याँस्स झस्किन्थ्यो । फेरि उही पुरानो दृश्यमा दुब्थ्यो –

आँगनको बिचको मियो समाती उषाले आफूलाई कम्ती बचाउन खोजेकी होइनन् ती दुष्ट महिलाहरूबाट । अझै, उषाकै आफ्नै जेठो मामाले लात्तैलात्तले भकुर्दा उषा लाचार भई नयनबाट तरर आँसु झार्दै बिलौना गर्दै भन्थी – ” अशोक मलाई बचाउन । अशोक मलाई बचाउन । मलाई मार्न लाग्यो कुटेर । तिमीसँग छुट्टिएर कसरी बाँच्नु म ।”

ऊ विवश थिए । नीलडामे र रगताम्मे भएका थिए ऊ पनि । बेलाबेलामा, अशोक पनि घिस्रीघिस्री ” उषा ! उषा ! ” भन्थे । उषाले फर्की फर्की – ” अशोक ! अशोक ! ” भन्दा । कम्ती माया लागेर आएन उसलाई त्यतिखेर, उषाको । हेर्दाहेर्दै उषालाई, चितुवाले बाख्रा घिसारे झैँ घिसार्दै लगे । ऊबाट उषा टाढा टाढा हुँदै गई । ऊ फर्की फर्की लतारिएको शिर उठाउँदै उसलाई भन्दै थिई – ” अशोक ! अशोक ! अशोकलाई केही नगर । अशोकलाई केही नगर ।”

ऊ केवल अपाइच भएर, रगताम्मे परेर हेरिरहे, केवल हेरिरहे, उषालाई चितुवाले बाख्रा झैँ घिसार्दै लगिरहेको

उसको परेलीहरू हुँदै बगेका आँसुका छालहरूले उसको नयनहरू जसरी धमिलो हुँदै गए, त्यसै गरी उषा पनि उसका नयनहरूबाट ओझेल हुँदाहुँदै गई । ऊ केही गर्न सक्दैन थियो र उसको वश पनि चल्दैनथ्यो । केवल पहाडझैँ उभिई रहे ऊ बेजान् भएर । अविरल आँसु झर्ना झैँ बगिरह्यो अशोकको आँखाबाट ।

अशोक फेरि नराम्रो गरी झस्किन्थ्यो ।

यसरी नै ऐना टुकृए झैँ उषा अशोकको मुटुदेखि टुकृदै गई । ऊ आधा मुटु लिएर बाँच्न थाले । उषा पनि ऊसँग टुक्रिएको आधा मुटु लिएर उतै बाले बिहे तय गरेको केटासँग घरजम गरी दिनहरू काट्न थाली । यसरी बिहे गराउँदा उषाको बाले निकम्मा कामै नलाग्ने जँडैया रोगी केटालाई आफ्नै घमन्डको कारणले, आफ्नो तीन बिघा खेत दिएर बिहे गराएका थिए । बेखबर भईँन् उषा ऊदेखि यसरी । माइती कहिल्यै आउँदै आइनन् ।

एक दिन उसले नराम्रो सपना देखेको दृश्य फेरि सम्झियो –

एक दिन कता कता अँध्यारो सुरुङ्हुँदै, बिलकुलै कठिनसित नीलडामे आँखा, फुकेको मैलो कपाल अनि हातमा चाँदीको डब्बामा सिन्दूर बोकी अशोकनिर आई र भनी उषाले उसलाई – ” अशोक मलाई सिन्दूर हाली, आफ्नो बनाउन ।”

उसले पनि उनको, उसलाई नै पर्खिरहेकी कन्सुत्लो झैँ देखिने सफा सिउँदोमा सिन्दूर हाली आफ्नो बनाए । फुलैफूलले सजिएको पलङ्मा सुती सुहागरात मनाए । फेरि कता हो कता, जङ्गलको लामो नि लामो सिङ्भएको कालो अर्नाले उनीहरू दुबैजनालाई लखेट्न थाल्यो । अशोक एकातिर अनि उषा एकातिर भागी । कता हो कता उत्तरतिरबाट उर्लेर आएको धमिलो खोलाले उषालाई अशोककै आँखाको सामुन्ने बगायो ।

उषा उसलाई हेर्दै चिच्याई रही, चिच्याई रही । ऊ डुङ्गा जस्तै बाढीमा माथिमाथि बग्दै थिई । अशोक उनलाई खोलाबाट निकाल्न भनेर उसको हात समाउन गए ।फेरि कताबाट हो, हो, लामा लामा दाह्रा भएका बँदेल देखा पर्‍यो र खेद्न थाल्यो अशोकलाई । ऊ भाग्दै गए, बँदेलले लखेट्दै छ उसलाई, भेट्टाउला भेट्टाउला जस्तो गरी । कता हो कता, बाटो नै नभएको पहाडहरूमा भाग्दै थिए ऊ । भाग्दाभाग्दै, बँदेललाई छल्न हाम् फाले पहाडबाटै उसले । हाम् फाल्दा सिरिङ्ग हुँदै झसङ्ग भई ब्युँझे अशोक ।

यी सबै होसै उडाउने दृश्यहरू अशोकले ब्युँझँदा देखेको थिएन । फगत सपनी थियो उसको लागि त्यो । सपनीमा त्यस्तो भयानक होसै उडाउने दृश्य देख्दा डराइरहेको थिए ऊ । असिनपसिन भएको पाए उसले आफूलाई । कसो कसो आफ्नो गुप्ताङ्गमा हात पर्दा पो, उसले आफूलाई वीर्यले लपक्कै भिजेको पाए अण्डर्बियर । ब्ल्याकबोर्डको चकले लेखेको अक्षरहरू डस्टरले मेटाए झैँ त्यति सजिलो कहाँ थियो र अशोकका अतीतहरू मेटाउनलाई ।

उषाको बा-आमा सम्पन्न परिवार थिए । तर अशोकको बा-आमा साधारण थिए । पहिले देखिनै उषा र अशोकको बाआमाको सम्बन्ध त्यति राम्रो थिएन । उनीहरू आफ्नै-आफ्नै पर्दथिए । हाडको नाता भने थिएन उनीहरूको बिच । उषाको बा चलाख अनि धूर्त थिए भने, उषाको आमा नरवती निकै धनाढ्यकी छोरी थिई । त्यसैले पनि उनको अलि फुर्ती-फिर्ता बढिनै हुन्थ्यो गाउँमा । यसै पनि, धनबहादुर के. सी. भनेपछि मान्छे अलि हच्किचिन्थ्यो ऊदेखि । गाउँमा पनि प्रशस्तै जमिन भएको । सहर र बजारमा पनि घर्जग्गा भएको । धनबहादुरको शानै बेग्लै थ्यो, त्यो गाउँमा । चुनावहरूमा पनि नेताहरूलाई पैसाले सहयोग गर्थे । त्यै भएर उसको राजनीतिक पकड पनि बलियो थियो । नेताहरू पनि प्रायजसो आई रहन्थ्यो, धनबहादुरको घरमा ।

बिचरा अशोकको बा नरबहादुर के. सी. एक साधारण किसान थिए । ऊ सोझा साझा अनि खेतबारी जोती आफ्नो गुजारा चलाउँथे । सिँचाई थिएन, उसको खेतहरूमा लाग्ने । आकाशको भर, पानी परेको साल ठिकै उब्जा हुन्थ्यो । पानी नपरेको साल उब्जा हुँदैन थ्यो र धौँधौँ हुन्थ्यो आफ्नो परिवार धान्नलाई नरबहादुरलाई ।

तर ऊ कसैसँग हात पसार्न भने जान्दैन थियो । जस्तो जे छ, आफ्नै हिसाबले चल्थ्यो ऊ गाउँमा । ‘घाँटी हेरी हाड निल्नु’ पर्छ भन्ने कुरा ऊ राम्ररी जान्दथ्यो । चार भाइ छोरा अनि एक छोरीको बाउ थिए, नरबहादुर । जेठी छोरी पहिले नै बिहेगरिदिई सकेको थ्यो, बजारमा । छोरी राम्री भएकीले गतिलै घरबाट माग्न आएका थिए । जेठो छोराको पनि बिहे भैसकेको थियो । अशोक माहिलो छोरा थिए, उसको ।

अशोकले फेरि स्कुलका दिनहरू सम्झियो –

अशोक पढ्नमा साह्रै जेहेनदार थियो र हेर्नमा पनि राम्रो एकदमै हिस्सी परेको थियो । ऊ सबैसँग मिल्थियो । ऊ पढ्दा जहिल्यै प्रथम भएर आउँथ्यो । शालीन अनि शान्त स्वभावको थियो ऊ । झट्टै कसैसँग हिलमिल् भने भैनहाल्ने खालको थियो ऊ । केटीहरूसँग भने धेरै लजाउँ थियो ऊ । केटीहरूले बोलाई हाल्यो भने बोलिदिने, नभए ऊ आफै केटीलाई बोलाएर नजिक हुन भने कहिल्यै जान्दैन थियो ऊ ।

यही स्वभावको कारणले पनि, प्रायजसो सबैको प्यारो हुन् थियो ऊ । केटीहरू तछाड्मछाड् गर्थे अशोकसँग नजिक हुनलाई । केके बहानाहरू बनाई आउँथे ऊनजिक केटीहरू । कहिले हिसाब सिक्ने बहानामा त कहिले ड्र्वाइङ्ग गरिदिनुभनी बहाना बनाएर आउँथे केटीहरू ऊ नजिक । यसरी, अरू केटीहरू आफूले मन पराएको मान्छे अशोकसँग नजिकिएको मन पर्दैन थियो उषालाई ।

अशोक ड्र्वाईङ्ग गर्नमा पनि एकदमै कुशल थिए । ऊ जस्तोसुकै जनावरको चित्र पनि बनाईहाल्थियो । मान्छेको पनि दुरुस्तै तस्बिर बनाउन जान्दथिए ऊ । कहिले केटासाथीहरू तस्बिर बनाइदिनु भनेर फोटो छोड् थिए त कहिले केटीहरू पनि आफ्नो फोटो बनाइदिनु भनी धुरुक्कै पार्थियो, दुख दिएर उसलाई ।

तर उषा भने, अलि फरक थिई । उनी अरूले जस्तो गरी दुख दिदैनथिई उसलाई । भित्रभित्र कसरी अशोकले आफूलाई मन पराउला भनी युक्ति सोंचिरहन्थि उनी । उषा अशोकजतिको सुन्दरी नभए पनि, सिल्कीकपाल, गहुँगोरो, ठिक्ककी ज्यान, झन्डै ५’२” उचाईँ भएकी, हिप चौडा अनि मझ्यौला खालको भोगटेझैँ, पोटिलो वक्षस्थल उनको एक छुट्टै आकर्षण थियो । शृङ्गार भने खासै गर्न रुचाउँदैन थिई उनी । केवल अधरमा साइनिङ लिप्स्टिक र नयनी गाजली भएर बस्न मन पराउँथी उनी ।

उषा र अशोकको सामीप्य स्कुल निमाविदेखि बढ्दै गएको थियो । निमावि पास भइसके पछि पनि उनीहरू गौशाला बजारको हाइस्कूलमा सँगसँगै पढ्न जान्थे । उनीहरू यतिखेर कक्षा १० मा अध्यन गरिरहेका थिए । हाइस्कूल गाउँदेखि करिब ७ किलोमिटर टाढा पर्थ्यो उनीहरू पढ्ने हाइस्कूल । उनीहरू हिँडेरै जान्थ्यो हाइस्कूल तर साथ भने कहिल्यै छुट्दैनथ्यो उनीहरूको । हाइस्कूल जाँदा, उनीहरू प्रायजसो गोरेटो बाटो प्रयोग गर्थे । त्यो गोरेटो बाटो नै झन्डै आधाघण्टाजति लाग्थ्यो उनीहरूलाई पारगर्नलाई । अनि बल्ल पो अर्को गाउँको ठुलो फराकिलो ग्र्याबल मोटर हिँड्ने सडक भेटिन्थ्यो ।

त्यहाँबाट पनि, झन्डै आधा घण्टा लाग्थ्यो हाइस्कूल पुग्न उनीहरूलाई । उनीहरू फराकिलो ग्र्याबल सडकमा आईपुगेपछि भने, अलग-अलग भएर छुट्टिएर हिँड्थे, ताकि कसैले लख नकाटोस् भनेर । अनि एकर्कामा न चिनेझैँ गरी हिँड्थ्यो न बोलीकन, स्कुल नपुगुन्जेल ।

तर वरपरका उखुबारीमा घाँस काट्न जाने चिनेका जानेका बुढीहरू उनीहरूकोपछाडि कुरा काट्थे – ” लौ सकिएछ । लोप परेछ, यिनीहरूको । हैन, केटा त कलिलै पो देख्छु त । केटी छिप्पिएकी रै’छे । केटीले पो सिकाए जस्तो छ, लोप गर्न ।”

अर्कोले भन्थी – ” हैन, यो चितुवा नै लुक्ने जङ्गलजस्तो उखुको घनघोर घारीमा एकेक घण्टा हराउँदा रै’छन् केटाकेटीहरू । केके गर्दो हो, गर्दो हो । कसैकसैले त, सुतेकै पनि देखेर भन्छन् । आफूले देख्या होइन बरै । न देख्या कुरो, आ… जे सुकै होस् ।”

फेरि अर्कोले भन्थी – ” आ काखमा सुतेको त कत्तिले देखेर देखेर । केटी नै उस्ती रै’छे, कै नभाकी । केटा त बिचरा सोझा रै’छन् । केटी नै पात्तिएकी रै’छेनि हौ । केटा न मान्दा त, जब्बर्जस्ति तानेर लग्ने रे, उखुबारीतिर । घाँस गर्न आउँदा देखीकी रे माइली घर्तिनेले पनि । छ्या, मर्न नस्केको नकचरी ।”

फेरि अर्कोले भन्थी – ” कुन दिन भाँड् भैलो हुन्छ, त्यो कार्की गाउँमा । धनबहादुरले थाहा पायो भने, बिचरा सोझा नरबहादुरको बासै उठ्छ भाइ, बासै ।”

फेरि अर्कोले भन्थी – ” धनबहादुरको बुद्धि नभाकै हो । छिप्पे की छोरीलाई, कुमारी राखेर, छोराको बिहे गराउन के हतार भा हो कुन्नि ।”

‘दाजुभाउजुकै कोठा छेउमै छरे, उसको पनि कोठा ।’

‘होला, होला । रातभरि खाट बजेको सुन्दो हो ।’

‘अमिलो देखेसी, मुखमा पानी किन न आओस् ।’

” मुखमा मात्रै आए हुन्थ्यो नी, काँकाँ आउँछ आउँछ नि पानी ।”

यसरी नै, उनीहरूको पछाडि कुरा काटेर, मजाकको बेलुन उडाई रहन्थे हावामा, त्यो गाउँका पात्तिएकी बुढीहरू ।

उषा पढ्नमा कमजोर थिई । खास गरी, म्याथ् र इङ्ग्लिसमा निकै कमजोर थिई उनी । त्यसैले पनि म्याथ् बनाउने बहानामा, उषा अशोकको घर आई रहने गर्थी । अनि अशोकले, सकेको र जानेको मदत गरिदिन्थे उषालाई ।

उषालाई कुनै रोकटोक थिएन, उनको घरबाट अशोकको घर आउनलाई । यसै पनि, उषाको घर र अशोकको घर डगर वारिपारि थियो । गाउँमा सबैलाई थाहा थियो, अशोक पढ्नमा एक जेहेनदार विद्यार्थी हो भनेर । यो कुरा उषाको बा-आमालाई पनि थाहा थियो । त्यसैले, उषा म्याथ् सिक्न जाने बहनामा घरबाट आमालाई भनेर आउने गर्थी । उनी घन्टौँ बिताएर जाने गर्थी । यसरी घण्टौँ बिताएर जाने क्रममा, ऊषाले आफ्नो जवानीको आगो निभाएर जाने गर्थी अशोकसँग । अशोक पनि बाध्य हुन्थ्यो र उनको तिर्खा मेटाउनमा मदत गर्ने गर्थे । अगेनाछेउको सिसीमा राखेको नौनी घिउ न हो, न पग्ली रहन कहाँ सक्थ्यो र अशोक पनि ।

ऊषाले आफ्नो दाजुभाउजु सुतेको कुरा प्रायजसो, अशोकलाई सबै सुनाउने गर्थी – ” हेरन, अशोक ! मेरो दाजु त अनितै गर्छ, रातभरि घोडा चढ्छ भाउजूमाथि । आ.. र उ… गर्छ । म त सप्पैसप्पै थाहा पाउँछु, निद्रै लाग्दैन मलाई त । क्या टेन्सन भएर आइसक्यो मलाई त । अनि म तिमीलाई सम्झन्छु । तिमी त त्यस्तो छैनौ है । छ्या …., तिमी त स्लो छौ, स्लो । साँच्चै स्लो । केटा मान्छे त यति स्लो हुनु, राम्रो होइन है ।”

यसरी नै, उषा उत्तेजित हुने कुराहरू सुनाएर, अशोकलाई उत्तेजित गराई, झ्याप्पै अँगाल्थी र उसको प्राइभेट पार्ट सुम्सुमाउन थाल्थी अनि अशोकलाई तताउँथ्यो र आफ्नो मतलबको गरम हथौडा हान्न लाउँथी ऊमाथि । अशोक फेरि झल्ल्यास्स झस्किन्थ्यो । अनि मुस्कुराउँथ्यो कता कता मीठो मानेजस्तो गरी । कता कता अमिलो मानेजस्तो गरी ।

अशोक वाक्क भैसकेका थिए, उषाको यस्ता हरकतहरूदेखि । यसरी उषा, अशोकसँग म्याथ् सिक्न आएकी कुरा, अशोकका बा-आमाले पटक्कै मन पराउँदैन थिए । कतिचोटी पछि हुन आउने सङ्कटको बारेमा उसका बा-आमाले अशोकलाई सम्झाई सकेका थिए । अशोक पनि, यी कुराहरू देखि डराउँथिए र सम्झाउथिए उषालाई । तर उषा एउटा कानले सुन्थी र अर्को कानले उडाउँथी । उनी पढाई पनि गर्थी र जिब्रोले स्वाद लिए जस्तै गरी, आफ्ना शारीरिक यौन स्वाद लिएर जाने गर्थी र भन्थी । अशोक फेरि यही घटना सम्झिन्थ्यो –

” अशोक किन तिमी, यति संसारकै प्यारो लाग्छ मलाई । जब तिमीले मलाई छुन्छौ, तब म आफू उसाहुनुको अस्तित्व बोध हुन्छ । जब म आफू हुनुको अस्तित्वको अनुभूति गर्छु । तब कता कता, भित्र मनदेखि कामवासनाको भोक लागेर आउँछ । त्यो भोक केवल, तिमी मेटाउन सक्छौ मलाई । किन हो किन, म सन्तुष्ट हुन्छु र तृप्त हुन्छु तिमीसँग । त्यसैले, तिमी मलाई, उषा होइन अबदेखि तृप्ति भनेर बोलाऊ ।”

अशोक फेरि झस्किन्थ्यो झल्ल्यास्स भएर ।

साँच्चै भन्ने हो भने, उषा अशोकभन्दा ३ वर्षले एजेड् थिई । यतिखेर अशोक १६ वर्षका थिए भने, उषा १९ वर्षकी एक मस्त पाकेकी गुलियो सलिफा झैँ भएकी थिई । त्यतिखेर, गाउँघरमा अझै खुलेर छोरी जात पढाउने संस्कारको विकाश भैसकेको नहुँदा, उषा ढिलै स्कुल जोइन् गरेकी थिई ।

अशोकले फेरि सम्झिन्थ्यो ती पलहरू –

आफू कान्छो भएकै कारणले, अशोकले जहिल्यै उषालाई दिदी भनेर बोलाउँथियो । तर ऊषाले भने, कुनै साइनो लगाउँदैन थिई र नाम पनि काट्दैन थिई उसको । केवल, ” या आउनु, त्यो गर्नु, यो गर्नु, उ गर्नु ” जस्ता शब्दहरूले सम्बोधन गरेर बोलाउने गर्थी अशोकलाई । अशोकले भने, तपाईँ नै भन्ने गर्थियो उषालाई ।

एक दिन ऊषाले अशोकलाई भनी – ” मलाई अबदेखि दिदी नभन्नु है ।”

त्यसदिनदेखि, अशोकले उषालाई केवल उषा भन्न थाले ।

एक दिन बाटोमा, अचानक ऊषाले आफू गर्भवती भएको कुरा सुनाई अशोकलाई । अशोकको सातोपुत्लो उड्यो । अशोक जे कुरामा डराई रहेका थिए, त्यही भो आखिरीमा । अशोकको हातखुट्टा गल्न थाले । शरीर तातेर आयो भरखरै आरनको फलाम झरिलयो भई तातेजस्तै गरी । के गर्ने, कसो गर्ने भयो उसलाई । उसका आँखाहरूले, रातारात आगोको फिलिङ्गो उडेझैँ उडेको देख्न थाल्यो । पुर्पुरोमा हात राखेर खुईय्य गर्दै थुचुक्कै बसे आलीमाथि र भने उषालाई –

” अब के गर्ने ?”

” इन्डिया भाग्ने ।”

” अहँ, नजाने इन्डिया ।”

” घरमै बस्ने, जे होला होला ।”

” आज राति आउँछु म भागेर । भाउजूलाई सप्पैसप्पै थाहा छ । मेरो पेटमा बसेको बच्चा तिम्रै हो भनेर । अनि मैले, तिमीसँग भाग्ने कुरा पनि गरिसकेकी छु, भाउजूसँग ।”

यसरी, ऊषाले सासेस्वरमा, एकैसासमा आफ्ना कुरा सकाई ।

अशोकले भने – ” अनि तिम्रो आमाबालाई नि ?”

” अहँ, दाजुलाई थाहा छ ।”

” उफ् ! लौ बर्बादै भो ।”

” केही हुन्न, तर बा आमा देखि डर छ मलाई । अहिले छुट्टिन्छु तिमीसँग अनि राती सधैँ तिम्रै हुन आउँदछु ।”

यति भन्दै, अशोकको गालामा दुईहातले मसार्दै मीठो चुम्बन गरी ऊषाले अनि तुरुक्क दुई थोपा मायाको आँसु झारी र छुट्टिए उनीहरू, बाइबाईटाटा गर्दै । निकैबेर्सम्म बाइबाइटाटा गरिरहे एकर्कामा उनीहरू । फर्किदिन हेर्दै, उही बाइबाइटाटा । बिस्तारै बिस्तारै उषाको पाइलाहरू पछिपछि सर्दै थिए । बिस्तारै ओझेल भई उषा अशोकदेखि । जसरी गगनमा धूमकेतु झरेर ओझेल हुन्छ त्यस्तै गरी ।

अशोक टोलाउँदै, चारदोबाटोको पिपलको फेदमा गएर टुसुक्क बसे । हजारौँ प्रश्नहरू खडा भइरहेका देखे, उसले आफू अगिल्तिर । तर कुनै प्रश्नको उत्तर थिएन ऊसँग । चौतारा भएर हिँडिरहेकी हावाहरूले प्रश्न गर्दै थिई ऊसँग । सिङ्गो सर्पजस्तै बाङ्गिएको बाटोहरूले प्रश्न गर्दै थियो ऊसँग । पिपलका पातहरू हाँगाबाट छुट्टिएर उसको आँसु पुछिरहेको अनुभूति भयो अशोकलाई । दिउँसै निस्पट्ट अँध्यारोले पोतेका थिए उसका आँखाहरूमा । ठ्याम्मै देख्नै छाड्यो, उसका आँखाहरूले । अहँ, देख्दै देखेन केही । बिलकुलै अँध्यारो दृष्टिविहीन झैँ भएर बसे ऊ । केवल परेलीहरू खुला थिए उसका, खुला आकाशझैँ ।

उषा, त्यही दिन भाउजूसँग बिदा भएर, अशोकको घर रातको ११ बजे, पछाडिको ग्वाली भएर छायाजस्तै गरी आई । अशोक पर्खिएर बसिरहेको थियो उषालाई । अशोक र उषा भेट् हुने बित्तिकै अङ्कमाल गरे यसरी, जसरी विपरीत ध्रुवको चुम्बकहरू एकर्कामा टाँसिन्छ । अशोकले उषालाई, बिस्तारै बिरालुको चालमा माथि दुम्हलाको टाँडमा आफू सुत्ने कोठामा लिएर गए । अशोकको बा आमा, दाजुभाउजु सबै जना सुतिसकेका थिए । कसैले चाल पाएन उषा आएको ।

रातभरि गन्थन गरे उनीहरू । फेरि यौवनको यौनप्यास् मेटाए यो चोटि ऊषाले भने, निर्धक्क भएर, अशोकको अर्धाङ्गिनी बनेर । पटक-पटक यौन प्यास मेटाए । मात्रै उषाको खाली सिउँदो भर्न बाँकी थियो । त्यो पनि पूरा हुने बाला थियो, भोलि बिहान ।

हुन त सम्भोगजस्ता चीजहरू कुनै नौलो कुरा थिएन उषा र अशोकको लागि । उनीहरू पहिल्यै देखिनै, लोग्ने-स्वास्नी जस्तै भैसकेका थिए । थियो त केवल वैधानिक, ऐन, कानुन र समाजबाट लोग्ने-स्वास्नी हुन बाँकी थियो ।

वश ! सपना, सपनै रह्यो उषा र अशोकको । भोलिपल्ट एकहूल फौज आयो । सिलौटामा मसला पिसिरहेकी ठाउँबाट उषालाई, घिसार्दै निकाले बाहिर । कुटे पिटे, उषालाई, अनि अशोकलाई पनि लात्तैलातैले भकुरे, पुरै अपाईच हुने गरी । रगताम्मे पारे अशोकलाई । अशोकको गुप्ताङ्गमा, हिर्काउनु हिर्काए लात्तैलात्तले, धनबहादुरका भरौटेहरूले यसो भन्दै – ” साला यही होइन गरी खाने, औजार तेरो । यही नरहेपछि, तँलाई । लात, तँलाई ।” भन्दै उसको औजारमा हिकाउँदा, नराम्रो गरी झस्किन्थ्यो अशोक ।

यसरी हिर्काउँदा, अशोक भुतुक्कै भएर बेहोसै हुन्थ्यो ।

अशोक अहिले पुरै अपाइच भएको छ । जहाँ गए, जता गए उषाकै झझल्को आइरहन्छ, उसलाई । अझै कहिलेसम्म सम्झिरहने हो, अशोकले । लाग्छ, यी घट्नेहरू भुल्नु भनेको अशोक र ऊषाले, उनीहरू आफैलाई भुल्नु थियो । अर्थात्, यो जिन्दगी, जिन्दगी देखिनै मेटाउनु थियो, उनीहरूले एकले अर्कालाई । अशोक अहिले पुरै अपाइच भएको छ । एउटा खुट्टा चल्दैन उसको राम्ररी । एउटा कान पनि सुन्दैन उसको । पुरै बहुला जस्तै, मैलो अनि च्यातिएको कपडा लगाएर हिँड्छ, अचेल ऊ । कपाल लामालामा छ उसको, अनि दाह्री उस्तै बाबाजीको जस्तै, झ्याप्पै । बेलाबेलामा केके बर्बाराउँछ, आफै । खोन्च्याङ-खोन्च्याङ गरी घरिगरि नाङ्गै पाउ हिँड्छ अचेल अशोक । साध्य हुँदा, उही आफ्नै अतीतका दस्ताबेजहरू पढ्नमै व्यस्त रहन्छ अशोक हिजोआज ।

यसरी नै, अशोक खोन्च्याङ-खोन्च्याङ गर्दै हिँडिरह्यो, हिँडिरह्यो । म हेरिरहेँ, मुखमा कलम च्यापेर । जे जति देखेँ, सुनेँ, अशोक र नारीको कथा लेखेँ । केही बेरपछि, मेरो आँखाबाट अशोक ओझेल भएर गए ।

यसरी, धनबहादुरको घमण्डले गर्दा, दुवैको जिन्दगी बर्बाद भए । अनि आफ्नो बदनामी पनि । यता धनबहादुरको अत्याचार सहन नसकेर गावैँ छाडेर बसाइँ सरे नरबहादुर बिचरा । उषाको आमा पनि प्यारालाइसिस भएर मरे । उषालाई कुट्ने आफ्नै मामा, सवारी दुर्घटनामा परेर अकाल मृत्युको प्यारो भए ।

सुन्छु, धनबहादुरको ज्वाइँ, जडैँया मोतीलाल केसी उषालाई बिहे गरेको तीनवर्षमै रक्सीकै कारणले फोक्सो गलेर मरेछ । उषा बिचरीको पेटमा लागेको चोटको कारणले, बच्चा खसाउँदा, पाठेघरै फाल्नु पर्ने भएछ । अहिले उषा, कहिल्यै आमा बन्न नसक्ने भएकी छे । यता अशोक पनि, कुटाइले गर्दा वीर्यथैलीको नसा चेपिएर सन्तान जन्माउन न सक्ने भएको छ ।

सोचिरहेको छु, कुनै दिन उषालाई भेटियो भने, यी दुवै दुखीलाई मिलाउन पाए, मर्ने बेलाको पुण्य कमाईँन्थ्योकि भन्ने पो सोचिरहेको छु, अचेल ।

” अँ साँच्ची, कसैले उषालाई देख्नु भो भने, मलाई खबर गर्नु होला । म अवश्य आउने छु, उषालाई भेट्न । यो थियो, उषा र अशोकको पीडादायीक कथा ।

नोट :-
यता अशोक बहुलाएका छन् भने, उता उषा बिधुवा जीवन बिताउँदै छे । नव विवाहित दाजुभाउजुले, शारीरिक सम्भोग गर्दा, आफ्ना जवान भएकी बैनीलाई पर्न आउने यौनप्यासको असरको ख्याल गरेको भए, सायद उषा यति यौवनको प्यासी भुत् बन्दैन थी होली । उषा यौवनकी प्यासी भुत् नभएकी भए, सायद, बिचरो अशोकको लाइफ बर्बाद हुँदैन थ्यो होला र नरबहादुरले आफ्नो जन्मथलो नै छाडेर बसाइँ सर्नु पर्दैन थ्यो होला । धनबहादुर केसीले, आफ्नो धन र घमन्डको तोप न पड्काएको भए, आज अशोक र उषा, मायाको फुलबारीमा अच्छा-खास्सा फुल्थ्यो र फक्रन्थ्यो होला ।

अनि एक नयाँ, मायाको निशानीका, मसिना बिरुवाहरू उम्रेर फुल्थ्यो र फक्रन्थ्यो होला है, लहलह भएर ।

समाप्त !

राजबाबु श्रेष्ठ ‘सागर’
महोत्तरी, गौशाला न. पा. वडा न. १
हाल – भक्तपुर, नयाँथिमि ।