अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

नेपाली चलचित्र गरुड पुराण सेन्सर पास, पायो पि जी सर्टिफिकेट

डब्बु क्षेत्री २०७५ माघ १ गते ११:२६ मा प्रकाशित

काठमाडौँ, चलचित्र ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई सोमबार अबेर साँझ सेन्सर गरेको हो । समितिले यो चलचित्रलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पि जी) सर्टिफिकेट दिएको छ ।

यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको उनले बताए । उनका अनुसार यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गरेको सङ्घर्षको रमाइलो कथा उठाइएको छ । यो फिल्म आगामी ४ माघबाट प्रदर्शनमा आउने छ ।

‘माघ महिना विवाहको बेला भएको र यो फिल्म बाजा बजाउनेहरूको कथा आधारित रहेकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर ४ माघबाट रिलिज गर्न लागिएको हो । फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा हामी विश्वस्त छौँ ।’ निर्देशक सुवास कोइरालाले भने । यो फिल्मको म त प्रेममा…गीत अहिले चर्चामा छ । निश्चल बस्नेत सहित यसका मुख्य कलाकारको नृत्य रहेको यो गीतमा कोसिस क्षेत्रीको सङ्गीत, कोसिस र मनीषा पोखरेलको स्वर छ ।

यो चलचित्रमा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन् । यस्तै कर्मा, लुनिभा तुलाधर, प्रवीण खतिवडा, कमल देवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मि भट्टसहितको यसमा मुख्य भूमिका छ । यही फिल्मबाट प्रियङ्का सिंहले नवोदित नायिकाको रूपमा डेब्यु गरेकी छिन् । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा विनोद खतिवडा, आकाश बराल र सुवासको हो । यसको संवाद आकाशले लेखेका हुन् । गरुड पुराणलाई सुसन प्रजापतिको छायाङ्कन गरेका हुन् । जसमा रिनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण व्यवस्थापन रहेको छ ।