अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

मुहूर्तसँगै ‘प्रेम गीत ३’ को छायाङ्कन सुरु

डब्बु क्षेत्री २०७६ कार्तिक २२ गते ७:४१ मा प्रकाशित

काठमाडौँ, अभिनेता प्रदीप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुङको यो वर्षको प्रतीक्षारत चलचित्र ‘प्रेम गीत ३’को छायाङ्कन सुरु गरिएको छ ।

प्रेम गीत र प्रेम गीत २ को सफलतापछि प्रेम गीत ३ को निर्माण सुरु गरिएको हो । यो चलचित्रको शुक्रवार बिहान काठमाडौँ स्थित दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरियो । मुहूर्त पछि आजैबाट यो चलचित्रको छायाङ्कन सुरु गरिएको हो । चलचित्र आगामी चैत २८ मा प्रदर्शन हुनेछ । काठमाडौँको कीर्तिपुर क्षेत्रमा एक महिना लगाएर निर्माण गरिएको सुटिङ स्टुडियोको सेटमा शुक्रवारबाट यो फिल्मको छायाङ्कन सुरु गरिएको हो । काठमाडौँको छायाङ्कन सम्पन्न हुनासाथ मनाङको रमणीय स्थलमा छायाङ्कनको गरिने यसका निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।

यो चलचित्रमा प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरु, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहने छ ।

यो चलचित्र पूर्ण प्रेम कथामा आधारित रहने पनि यसका निर्माता तथा कलाकार, निर्देशक सन्तोष सेनले जानकारी गराए । यो चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा निर्देशन गर्दछन् ।

प्रेम गीतको ३ को स्कृप्टलाई निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । यो चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहनेछ । चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको चलचित्रमा कुमार सेन र ओएसआर डिजिटल सह–निर्मातामा छन् । छायाङ्कन सुरु हुनु दुई दिन अघि मात्र यो चलचित्रको फस्ट लुक्सको रूपमा मोसन पोस्टर सार्वजनिक गरिएको छ । मोसन पोस्टरलाई दर्शकले रुचाएका छन् ।