अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

लभ स्टेसनको ‘इन्ड क्लाप’

डब्बु क्षेत्री २०७५ मंसिर ६ गते १२:३७ मा प्रकाशित

काठमाडौँ । चर्चित जोडी प्रदीप खड्का र जसिता गुरुङ अभिनीत चलचित्र ‘लभ स्टेसन’को बुधवार बेलुका ललितपुरको गोदावरी रिसोर्टमा ‘इन्ड क्लाप’ गरिएको छ । तिहार अघि बाँकी रहेको तीन दिनको क्लाईमेक्स फाईट सकेर केक काट्दै फिल्मको क्लाप इन्ड गरिएको हो । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृश्यको छायाङ्कन सकिएको छ । अब बाँकी दुई गीत मध्य हिउँ राम्ररी परेपछि एउटा गीतको मनाङमा र अर्को गीतका आगामी अङ्ग्रेजी नयाँवर्षको छेका पारेर जापानमा छायाङ्कन गरिने छ ।

चलचित्रको फस्ट लुक्ससँगै केही दिनमै रिलिज मिति घोषणा गरिने यसका प्रस्तुतिकर्ता गोविन्द शाहीले बताए । प्रेमकथामा आधारित यो चलचित्रको दार्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौँ उपत्यकामा छायाङ्कन गरिएको थियो ।लभ स्टेसनमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको मुख्य भूमिका छ । लभ स्टेसनलाई काफिया फिल्मस््को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाङ्कन रहेको लभ स्टेसनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।