अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको ‘फाइनल राउण्ड’ मा प्रवेश

बिआरटीनेपाल २०७५ मंसिर १७ गते ८:१८ मा प्रकाशित

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनलमा पुग्नुभएको छ । मिस नेपाल २०१८ खतिवडाले मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नुभएको हो । विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उहाँले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गर्न सफल हुनुभएको हो ।

श्रृंखलाले मेक्सिको र केन्यालाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्नुभएको हो । मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै श्रृंखला फाइनल पुग्नुभएको हो । यो विधामा मेक्सिको दोस्रो र केन्या दोस्रो स्थानमा रहेका छन् ।

यसअघि, आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट श्रृंखलाले आफूलाई प्रतिस्पर्धामा कायम राख्नुभएको थियो । प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू