अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पर्वको बिधिवत् समापन

बिआरटीनेपाल २०७५ कार्तिक २८ गते ७:१९ मा प्रकाशित

नेपालको तराई तथा मधेसमा मनाइने लोक आस्थाको सबैभन्दा ठुलो पर्व छठको उदाउँदो सुर्यलाई अर्घ दिएसंगै बिधिवत् रुपमा समापन भएको छ । चार दिनसम्म मनाइने पर्व अन्तर्गत बुधवार उदाउदो सुर्यलाई अर्घ दिई सम्पन्न गरिएको हो ।

गत आइतबार नहाय खाय देखि सुरु भएर सोमबार खरना, मंगलबार निखण्ड र बुधवार पारन गरी छठ पर्वलाई समापन गरिएको हो । लोक देवी छठीमाइको मुल पुजा हुने छठ पर्वमा सुर्यलाई साक्षी मानेर ब्रतालुहरूले तिन निराहार ब्रत बसी सुर्यलाई अर्घ दिएपछि पारन गरी सम्पन्न गरिएको छ ।

नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिएका व्रतालुहरूले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिएका छन् । बिहान सुर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत पनि समाप्त भएको छ । पर्वको समापन संगै छोरी चेली कहाँ छठ पर्वको प्रसाद कोसेलीको रुपमा पुर्याउने प्रचलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू