अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 06:53

चर्चित फोटोग्राफर राजीव श्रेष्ठको तिहार विशेष ‘फोटोशूट’

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते २१:२५ मा प्रकाशित

वासिङ्टन डी. सी., अमेरिका । फोटोकलाको माध्यमबाट आफ्नो कला अभिव्यक्त गर्दै आएका चर्चित फोटोग्राफर राजीव श्रेष्ठले तिहार विशेष ‘फोटोशूट’ अमेरिकाको मेरिल्याण्ड राज्यमा सम्पन्न गरेका छन् । फोटो बैङ्क स्टुडियोकी “ब्रान्ड एमबेस्डर” मोडेल रिमा के.सी.लाई तिहार विशेष “फोटोशूट”मा प्रस्तुत गरेका छन् ।

नेपालमा रहँदा पनि तिहारलाई विभिन्न मोडेल तथा सेलेब्रिटी ‘फोटोशूट’ मार्फत प्रस्तुत गर्दै आएका श्रेष्ठले अमेरिकामा पनि त्यही कलालाई निरन्तरता दिइरहेका छन् । फोटो-कलाको माध्यमबाट नेपाली तथा विदेशी मोडेल, कलाकार तथा सेलेब्रिटी विश्वमा परिचित गराएका श्रेष्ठ तिहारमा गरिने फोटोशूटको विशेष महत्त्व हुने बताउँछन् ।

राजीव श्रेष्ठका तिहार विशेष फोटोहरू क्रमशः मिडिया आउने कुरा बताएका छन् । अमेरिकाका विभिन्न राज्यमा नेपाली समुदायले देउसी भैलो सुरु गरिसकेका छन् । वर्ष नेपाली पात्रो अनुसार विक्रम संवत् २०७५ साल कार्तिक १९ गते मङ्गलवार काग तिहारबाट सुरु भएर २३ गते शुक्रवार तनअनुसार सन् २०१८ नोभेम्बर ९ तरिका शुक्रवार अमेरिका र क्यानडामा रहेका नेपाली समुदायमा यसपालिको भाइ टीका लगाउने छन् । तिहार हार्दिक शुभकामना !

प्रतिक्रिया