अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

डिसीमा अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा) द्वारा राष्ट्रिय सूचना आयोगकि आयुक्त तिम्सिनासंग अन्तरक्रिया

विजय थापा २०७५ कार्तिक १६ गते १९:५७ मा प्रकाशित

डिसी, अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (इन्जा) द्वारा राष्ट्रिय सूचना आयोगकि आयुक्त यशोदा देवी तिम्सिनासंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

अमेरिकाको वासिङ्टन डिसीमा राज्य विभाग तथा न्याय विभागद्वारा आयोजना भएको कार्यक्रममा सहभागी हुन् आउनु भएकी तिम्सिनासंग ईन्जाले विश्वभरि फैलिएका नेपाली पत्रकारहरूलाई समेटी पत्रकारिताका विषयहरूको उठान, सामाजिक महत्त्व र चासो, बहस र निराकरणको सुरुवात गर्ने सिलसिलामा पहिलो शृङ्खलाका रूपमा “ईन्जा नेटवर्किंग” नामक कार्यक्रममा अतिथिको रूपमा तिम्सिनाबाट प्रारम्भ गरेको छ ।

आयुक्त तिम्सिनाले इन्जाले आयोजना गरी आफूलाई अवसर दिएकोमा धन्यवाद दिँदै इन्जा फलोस् फुलोस् र इन्जा सँग सहकार्य गरिन सकिने बताउनु भयो । तिम्सिनाले अमेरिकाबाट इन्जाको पहलमा नेपालमा पत्रकारहरूको क्षमता वृद्धि ,सीप आदि सम्बन्धी केही योगदान गर्न सकिने साथै नेपालबाट पनि पत्रकारहरूलाई अमेरिका झिकाएर यहाँ पनि केही गर्न सकिने बताउनु भयो ।

तिम्सिनाले वासिङ्टन डिसी स्थित राज्य विभाग तथा न्याय विभागमा भएको छलफलमा आफूहरूले आफ्ना मौजुदा कानुनका बारेमा साथै अभ्यास बारेमा बताएको भन्नु भयो । छलफलमा नेपालको कानुन हाम्रो देशको भन्दा पनि कानुन राम्रो लागेको छलफलमा कुरा चलेको बताउनु भयो । तर कार्यन्वयन पक्षमा हामी कमजोर रहेकोले निरन्तर अभ्यास गर्नु पर्ने चर्चा भएको पनि बताउनु भयो ।

इन्जाको अन्तरक्रिया कार्यक्रममा सूचनाको हक सम्बन्धी आफ्ना विचार राख्दै सूचनाको हक जति कार्यन्वयन भयो त्यति लोकतन्त्र बलियो हुने जति सूचना हक बाट नागरिक वञ्चित हुँदै गए लोकतन्त्र कमजोर हुन्छ भन्नुभयो ।

तिम्सिनाले समग्रमा कुल जनसङ्ख्याको ९० प्रतिशतले यो मेरो मौलिक हक हो भन्ने बुझेका छैनन् भने १० प्रतिशतले बुझेका छन् भन्नु भयो । त्यसमा पनि २ प्रतिशत पत्रकार छन् भन्दै ती मध्ये ०.५ प्रतिशत पत्रकारले यो सूचनाको हकलाई बुझेर सूचना प्रयोग गरेका छैनन् भन्नु भयो ।

सूचनाको हक बारेमा ४ वर्षमा ७५ वटै जिल्लामा गएको ,नगर पालिका, गाउँ पालिका तथा विविध समूहलाई सूचनाको हकको बारेमा जानकारी गराएको बताउनु भयो । यहाँ बसेर पनि सूचनाको हकको बारेमा जानकारी लिन सक्ने बताउनु भन्नु भयो । बिधुतिय प्रणालीबाट मलाई यो सूचना चाहियो भनेर निवेदन दिएमा पाउने जानकारी दिनु भयो ।

वहाँले सूचनाको हक नागरिक हक हो पत्रकारको लागी कानुन ल्याएको हैन भन्नु भो । अन्तरक्रिया कार्यक्रममा इन्जा फलोस् फुलोस् भन्दै संस्था कुपोसित हुने स्थिति नआओस र अल्प आयु मै समाप्त हुने वातावरण पनि नबनोस भन्दै शुभकामना दिनु भयो ।

उक्त अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा इन्जाका सभापति गुणराज लुइँटेलले इन्जाको बारेमा संक्षिप्त परिचय दिँदै कार्यक्रम सुरुवात गरिएको थियो । सभापति लुइँटेलले मुख्य उद्देश्य संसार भरका नेपाली समुदायलाई नेपाल सँग जोड्ने तथा संसारभर छरिएर रहेका सञ्चारकर्मी साथीहरू बिच पनि जोड्ने बताउनु भयो ।

लुइँटेलले नेपालका राम्रा कुराहरूलाई अन्तर्राष्ट्रिय जगतमा सञ्चार माध्यमबाट गौरवको विषयको रूपमा प्रचार प्रसार गर्ने बताउनु भयो । साथै समस्याहरूलाई विश्व समक्ष सम्बन्धित निकायमा पुर्‍याएर कसरी वहाहरु सहकार्य गरी विश्व समाजको रूपमा यसलाई समाधान गर्ने रहेको बताउनु भयो ।

कार्यक्रममा प्रत्यक्ष प्रसारण मार्फत आएका साथै सहभागी भएका सञ्चारकर्मीले पनि केही जिज्ञासा राखेका थिए भने आयुक्त तिम्सिनाले सबैको उत्तर दिनु भएको थियो ।

राष्ट्रिय सूचना आयोग सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सूचनाको हक संरक्षण, संवर्धन र प्रचलन गराउन गठित स्वतन्त्र निकाय हो । सूचनाको हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गराई सूचनामा नागरिकको पहुँच बढाई आफ्ना काम कारबाही खुला र पारदर्शी बनाउने तथा सरकारी तथा सार्वजनिक निकायहरूलाई नागरिकप्रति जबाफदेही बनाउनका लागि राष्ट्रिय सूचना आयोगको भूमिका महत्त्वपूर्ण रहेको छ ।

प्रतिक्रिया