अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

डिसीमा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुसँग अन्तरक्रिया

विजय थापा २०७५ कार्तिक ११ गते २२:५३ मा प्रकाशित

डिसी, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय विकास संस्थाद्वारा आयोजना गरिएको विकेन्द्रीकरण, सुशासन, नेपालको आधारभूत विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख ब्याञ्जु सहित रोड्स बोर्डका कार्यकारी निर्देशक कृष्ण सिंह बस्नेत तथा सडक विभागका शिव हरि सापकोटा समेतले सहभागिता जनाउनु भएको थियो ।

अमेरिकाको भ्रमणमा रहनु भएका नगर प्रमुख ब्याञ्जुले एक अन्तरक्रिया कार्यक्रममा धुलिखेललाई शत प्रतिशत साक्षरता गर्ने तथा बालश्रम मुक्त घोषणा गर्ने तयारीमा रहेको बताउनु भयो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष समेत सहित रहनु भएका अशोक ब्याञ्जुले नेपाल कृषिमा तरकारी, कुखुराको मासु, अण्डा  इत्यादि बाहेक सबै कुरामा अन्य देश सँग निर्भर रहनु पर्ने बताउनु भयो ।

आफ्ना भनाइहरू राख्दै अहिलेको स्थानीय सरकार भनेको नै इतिहास कै सर्वाधिक रूपमा शक्तिशाली रहेको बताउँदै पहिले गाउँ पालिकामा ७-१० लाख बजेट हुने गरेको हाल १० करोड सम्मको बजेट रहने बताउनु भयो । ब्याञ्जुले अब स्थानीय सरकार स्थिर छ र कसैले पनि स्थानीय सरकारलाई अविश्वासको प्रस्ताव समेत ल्याउन नसक्ने बताउनु भयो ।

मन्तव्य कै क्रममा पर्यटन,जल विद्युत्,कृषि ,उद्योग लगायत धेरै कुरामा राम्रो सम्भावना रहेको बताउनु भयो । वहाँले विकास गर्न खर्च चाहिन्छ भन्ने कुरामा जोड दिनु भयो । यसको लागी अन्तर्राष्ट्रिय दातृ निकायहरू सँग विकासको लागि कुरा अगाडी बढाएको बताउनु भयो । विकास भनेको भावना मात्रले नहुने बताउनु भयो । त्यसको लागि सरकार सँगै खर्च छैन भन्नु भयो ।

वहाँले गरिबी निवारणका कार्यक्रम ,सडक निर्माण ,खाने पानी स्वास्थ्य सम्बन्धी विशेष चर्चा गर्नु भयो । मन्तव्य कै क्रममा धुलिखेल ९८.८ प्रतिशत साक्षरता भई सकेको बताउनु भयो ।

कार्यक्रममा उपस्थित बुद्धिजीवी,विभिन्न पेसामा संलग्न विभिन्न व्यक्तित्वहरू अमेरिकन सङ्घीय सरकार ,नीति निर्माणमा कार्यरत नेपाली समुदाय ,अमेरिकामा सङ्घीय सरकार तथा स्थानीय सरकार सँग काम गरी रहेका अभियन्ता लगायतले सुझाव ,सल्लाह तथा जिज्ञासा राख्नु भएको थियो ।

नगर प्रमुख अशोक ब्याञ्जु तथा सडक विभागका शिव हरि सापकोटाले वहाहरुलाई सोधिएको जिज्ञासाको जवाफ दिनु भएको थियो । ब्याञ्जुले सबै नेपालीलाई ज्ञान,बुद्धि ,सीप तथा सम्भव भएमा धन राष्ट्रलाई दिन आग्रह गर्नुको साथै देशलाई पनि फर्केर हेर्नु पर्ने बताउनु भयो । 

यसै गरी रोड्स बोर्डका कार्यकारी निर्देशक कृष्ण सिंह बस्नेतले आफूले सडक मर्मतको कार्यको कोष(फन्ट)सुनिश्चितता गर्ने बताउनु भयो । नेपालमा सडक निर्माण गरेका छौ तर उक्त सम्पत्ति व्यवस्थापन गर्न हामीले जानेका छैनौ भन्नु भयो । साथै सदैव नेपालमा बनेका सडकका गुणात्मक बारेमा प्रश्न उठ्ने र सडक मर्मत सम्भारका लागि उठाइएको रकम निकासामा ढिला हुने कारण सडक निर्माणमा ठुलो समस्या रहेको बताउनु भयो ।

यसै गरी सडक विभागका शिव हरि सापकोटाले पहिला सानो सडक बन्दथ्यो भने अब ठुला सडक बन्ने तयारीमा रहेको बताउनु भयो । वहाँले इतिहास कै सबै भन्दा खराब सडक हाल काठमाडौँको भएको बताउनु भयो । एउटा मेलम्ची खाने पानी को कारण जताततै सडक भत्काउने र अर्को यही समयमा अत्यधिक सडक ठेक्का खुला गरेको कारण त्यस्तो पनि अवस्था भएको जनाउनु भयो ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्की ( विद्या वारिधि )को उपस्थिति रहेको थियो भने राजदूत कार्कीले आफूले अमेरिकामा सङ्घीय सरकारमा काम गर्ने ठुला ठुला नेपालीहरू भेटको चर्चा गर्नु भयो । वहाहरु आफ्ना सीप,ज्ञान,अनुभव मातृभूमिको लागि समर्पण गर्न इच्छुक पनि रहेको कुरा चर्चा गर्नु भयो ।

अन्तर्राष्ट्रिय विकास संस्था (आईडिआई) का संस्थापक सुमन तिम्सिनाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू