अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

राष्ट्रपति सिरिसेनाद्वारा श्रीलंकाको संसद निलम्बन

बिआरटीनेपाल २०७५ कार्तिक १० गते २:३५ मा प्रकाशित

हिजोमात्रै प्रधानमन्त्री परिवर्तन गरेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज त्यहाँको संसद निलम्बन गर्नुभएको छ । शुक्रबार सिरिसेनाले प्रधानमन्त्री रहेका रानिल विक्रमासिङ्गेलाई वर्खास्त गर्दै पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाउनुभएको थियो । राजनीतिक संक्रमणका बीच प्रधानमन्त्रीमाथि शक्ति प्रयोग गरेको २४ घण्टा नवित्दै उहाँले संसदसमेत निलम्बन गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

वर्खास्त गरिएका रनिल विक्रमासिङ्गेले संसदका सभामुखसमक्ष आफू प्रधानमन्त्री कायमै रहेको जिकिर गर्दै बहुमत प्रमाणित गर्न संसद बैठक आह्वान गर्न आग्रह गर्नुभएको थियो । यो आग्रहपछि राष्ट्रपतिले संसद निलम्बन गर्नुभएको हो ।

सिरिसेनाका पछिल्ला कदमले श्रीलंकामा संवैधानिक संकट आइपरेको छ । २२५ सदस्यीय श्रीलंकाको संसदमा आफ्नो बहुमत कायमै रहेको भन्दै विक्रमासिङ्गेले राष्ट्रपति को पछिल्लो कदम गैरकानुनी भएको बताउदै आउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू