अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

३ वर्षभित्र चुलोचुलोमा विजुलीको तार – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ कार्तिक ६ गते ९:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्माले अबको तीन वर्ष भित्र देशका प्रत्येक चुलोचुलोमा बिजुलीको तार पुग्ने वताउनुभएको छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा काँधमा सिलिण्डर बोक्ने युगको अन्त्य गरेर चुलोचुलोमा पाइपबाट ग्यास र्पुयाउने वताउनुभएका प्रधानमन्त्रीले त्यो पुरा नहुँदै चुलो चुलामा बिजुलीको तार पुर्याउने वताउनुभएको हो ।

काठमाडौं उपत्यकामा बिजुली बस सेवा सुरु गर्दै प्रधानमन्त्री ओलीले विद्युतीय बसको संचालन आगामी कार्यदिशाको संकेत भएको उल्लेख गर्नुभयो । आफुले चुलामा ग्यासको पाइपको कुरा गर्दा निकै चर्चाको विषय वनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब छिट्टै ग्यासको पाइप होइन, विजुलीको तारबाट चल्ने चुलाको युगतिर मुलुक जाने दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देशका अन्य भागमा समेत विद्युतीय सवारीलाई जोड दिइने वताउनुभएको छ । सरकारले २०२० सम्म कम्तिमा २० प्रतिशत सवारी साधन विद्युतीय बनाउने लक्ष्य लिएको उहाको भनाई थियो । विद्युतीय सवारी प्रवर्धनका लागि इकाइ गठन गरेर कार्यक्रम सञ्चालन गर्ने उहाँले वताउनुभयो । नेपाल विद्युत प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने तय गरेको सुनाउँदै प्रधानमन्त्री ओलीले विद्युतीय सवारी आयात र प्रयोगलाई प्रोत्साहित गर्नेबारे सरकारले छलफल चलाईरहेको पनि वताउनुभयो । विद्युतीय सवारी प्रयोगबारे दुई ठूलो छिमेकीको लक्ष्यलाई पनि सरकारले हेरिरहेको प्रधानमन्त्रकिो भनाई थियो ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सरकारको विद्युतीय यातायात सम्वन्धी राष्ट्रिय कार्ययोजना संचालन गर्न विद्युतीय बसको संचालन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू