अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

ट्रम्पमाथि यौन हिंसा प्रकरणः महिलाको मजाक उडाएको भन्दै चर्को आलोचना

बिआरटीनेपाल २०७५ असोज १८ गते ९:३६ मा प्रकाशित

प्रस्तावित न्यायाधीशमाथि यौन हमलाको आरोप लगाउने महिला उपर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीलाई लिएर उहाँकै पार्टीका नेताहरुले कडा आलोचना गरेका छन् । रिपब्लिकन सिनेटरहरुले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमाथि यौन हमलाको आरोप लगाउने महिलाको मजाक उडाएको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका हुन् ।
सिनेटर जेफ फ्लेक र सुजन कालिन्सले राष्ट्रपति ट्रम्पको टिप्पणीलाई घटिया स्तरको संज्ञा दिनुभएको छ । एक ¥यालीलाई संबोधन गर्दै राष्ट्रपति ट्रम्पले प्रस्तावित न्यायाधीश कैवेनामाथि आरोप लगाउने प्रोफेसर क्रिस्टीन ब्लेसी फोर्डलाई कथित यौन हमलाको घटनाक्रमका महत्वपूर्ण कुराहरु स्मरण नभएको भनी व्यङ्ग्य गर्नुभएको थियो ।

गतहप्ता पनि राष्ट्रपति ट्रम्ले फोर्डलाइ निकै भरोसायोग्य साक्षीभन्दै खिल्ली उडाउनुभएको थियो । प्रस्तावित न्यायाधीश कैवेनामाथि लागेको आरोपको एफबीआईमार्फत जाँच गराउन माग गर्ने मध्येका एक रिपब्लिकन सिनेटर जेफ फ्लेकले कुनै पनि स्थान र समयमा यसप्रकारको टिप्पणी गर्नु शोभनीय नभएको वताउदै आउनुभएको छ ।

अर्की सिनेटर लीसा मर्कोव्स्कीले पनि राष्ट्रपति ट्रम्पको आलोचना गर्दै उहाँको भनाइ पूर्णरुपले अनुचित र अस्विकार्य रहेको जिकीर गर्नुभयो । प्रस्तावित न्यायाधीश कैवेना यौन हमलाको आरोपबाट बचे सर्वोच्च अदालको झुकाव रुढिवादी हुने विश्लेषण राजनीतिक वृत्तमा गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू