अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टर मतदाताहरूको अन्तिम नामावली प्रकाशित

बिआरटीनेपाल २०७५ असोज ८ गते ९:५१ मा प्रकाशित

आगामी अक्टोबर २७-२८, २०१८ मा हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरको निर्वाचनको लागि अनेसास निर्वाचन समितिले आगामी २ वर्षे (२०१८—२०२०) कार्यकालका मतदाताहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । उक्त नामावली अनुसार ६८ मतदाता छन् । यो भन्दा पहिले ८३ जना भएकोमा दाबी विरोधबाट ६८ जनाको अन्तिम नाम प्रकाशित भएको छ ।

निर्वाचन कार्य तालिका यस प्रकार छन् ।
१) मतदाता नामावली प्रकाशन:सेप्टेम्बर १८ ,२०१८
२) मतदाता नामावली माथि दाबी विरोध गर्ने: सेप्टेम्बर २० ,२०१८ देखि सेप्टेम्बर २१ ,२०१८
३) दाबी विरोध छानबिन गरी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने: सेप्टेम्बर २३ ,२०१८
४) उम्मेदवारी पेस गर्ने: सेप्टेम्बर २५ ,२०१८ देखि सेप्टेम्बर २६ ,२०१८
५) उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने: सेप्टेम्बर २८, २०१८
६) उम्मेदवारी फिर्ता लिने: सेप्टेम्बर २९, २०१८ देखि सेप्टेम्बर ३० ,२०१८
७) उम्मेद्वारहरुमाथि दाविबिरोध पेस गर्ने: अक्टोबर १ ,२०१८ देखि अक्टोबर २ ,२०१८
८) उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन: अक्टोबर ६ ,२०१८
९) निर्वाचन: अक्टोबर २७ र अक्टोबर २८ ,२०१८
१०) कुनै पदमा एक भन्दा बढी उम्मेदवार भई मतदानद्वारा निर्वाचन हुने भएमा सो सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ ।

अबको अनेसास कोलोराडो च्याप्टरको मार्ग चित्र कोर्ने काम विगतको भन्दा निकै गाह्रो छ कारण यसको विश्वव्यापिकरण र यस संस्थासंग लगाव र माया गर्ने साहित्यानुरागीहरुको उत्कृष्ट चाहना र रुचिको बाढी नै आएको छ यसरी उर्लेको साहित्यीकारहरुको बाढीलाई किनारा लगाउन निकै चुनौतीहरू छन् त्यसैले अनेसासको नयाँ मार्ग चित्र कोर्न सक्ने सक्षम, निष्ठावान्, कर्तव्य पालक र सबल नेतृत्व क्षमता भएको व्यक्तिको आजको अनेसासले खोजिरहेको छ । सबैले सक्षम नेतृत्व चयन गर्न सफल रहुन् हाम्रो शुभकामना ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू