अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 05:11

अमेरिकन बाबु मेड इन नेपाल न्युयोर्कमा प्रिमियर

बिआरटीनेपाल २०७५ भदौ २५ गते ११:५७ मा प्रकाशित

न्यु योर्क, ‘अमेरिकन बाबु मेड इन नेपाल ’ चलचित्र न्युयोर्कमा प्रिमियर गरिएको छ ।

प्रायः अमेरिकामै बसोबास गरिरहेका कलाकारहरूलाई समेटेर बनाइएको भएर यो चलचित्रको प्रिमियरमा उल्लेख्य दर्शकको पनि उपस्थिति थियो । यस चलचित्रका निर्देशक ईश्वर थापाले आफ्नो चलचित्रमा अमेरिकामा नेपालीहरूले भोगेको कुरालाई उतारेको भएर दर्शकहरूले मन पराएको उल्लेख गरे । 

‘ यहाँ आएका सबै नेपालीहरूको सङ्घर्ष उस्तै भएकाले दर्शकहरूले यसलाई रुचाएका हुन्, ’ निर्देशक थापाले भने । प्रिमियरमा विशेष अतिथिका रूपमा निम्त्याइएका नेपाल सरकारका वाणिज्य दूत कृषु क्षेत्रीले चलचित्रले अमेरिकामा रहेका नेपालीहरूको यथार्थ चित्रण गरेको टिप्पणी गरे । ‘ चलचित्रका निर्देशक बधाईका पात्र छन् यसका लागि ,’ क्षेत्रीले भने । १ दशक अघि विषालु, हाउडे जस्ता नेपाली चलचित्रमा नायकको भूमिका निभाएका निर्देशक थापा अहिले म्युजिक भिडियो र चलचित्रमा निर्देशनमा व्यस्त छन् ।

राजेश गुरुङ, मञ्जु राना मगर, सम्झना उप्रेतीको निर्माता रहेका उक्त चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा, पुष्कर बराल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्र अमेरिकाको विभिन्न सहर हुँदै ३ महिना पछि नेपालमा रिलिज गरिने बताइएको छ । प्रिमियरमा निर्देशक थापाको अर्को चलचित्र बुलेटप्रुफ शेर्पा छिट्टै बन्ने जानकारी पनि दिइयो जसमा कलाकार जाङ्बु शेर्पाको मुख्य भूमिका हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू