अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

नेपाली समाज डरलाग्दो पतनको दिशामा– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ भदौ १७ गते ९:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज डरलाग्दो सँग पतनको दिशामा गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । बालिका बलात्कार जस्ता अपराधिक घटना दिन प्रतिदिन भईरहेको प्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक विकृति विसंगति विरुद्ध आवाज उठाउन र संस्कारयुक्त जागरण अभियान चलाउन सबैसँग आग्रह गर्नुभएको छ ।

संविधान दिवस मूल समारोह समितिको बैठकलाई आईतवार गृह मन्त्रालयमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवसलाई पनि विकृति र विसंगतिविरुद्धको अभियानसँगै जोडेर जनस्तरमा लैजान निर्देशन दिनुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले समाजिक न्याय, सुशासन र राष्ट्रिय एकताका लागि संविधान महत्वपूर्ण दस्तावेज भएको भन्दै सबै नागरिकले संविधानमा अपनत्व महशूस गर्नुपर्ने वताउनुभयो ।
प्रधानमन्त्री ओलीले जनताले लडेर ल्याएको संविधान जनस्तरमा मान्ने वातावरण निर्माण गर्न निर्देशन दिंदै कर्मकाण्डी दिवस मनाउनुको अर्थ नरहने तर्क गर्नुभयो ।

यसैवीच, सरकारले असोज २ देखि ४ दिनसम्म देशभर संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ । संविधानसभाले वि. सं २०७२ असोज ३ गते संघीय गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । यो संविधानसँगै नेपाल संघीय प्रणालीमा गएको छ भने संघीयताको अभ्यास पनि सोही अनुरुप भइरहेको छ ।

तीन तहका सरकारका लागि स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन भई केन्द्रमा संघीय, प्रदेशमा ७ वटा प्रदेशस्तरीय र स्थानीय तहमा ७५३ स्थानीय सरकारहरु निर्माण भई काम भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू