अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

प्रधानमन्त्री ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र निर्माण हुने

बिआरटीनेपाल २०७५ असार ३२ गते ८:१४ मा प्रकाशित

सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनाको अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले राष्ट्रिय प्राथमिकताको आयोजनाको कामलाई तोकिएकै समय भित्र सम्पन्न हुनेगरी अनुगमनको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाउन लागिएको जानकारी दिनुभएको छ ।

उहाँले संयन्त्र निर्माणका लागि नियमावली बनाउने कामलाई तीब्रता दिइएको पनि स्पष्ट पार्नुभयो । सोमबार काठमाडौंंमा आयोजित एक कार्यक्रममा बोल्दै कुँवरले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मन्त्रीकै नेतृत्वमा समितिको व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।

सरकारले आगामी भदौदेखि सबै मन्त्रालयको कामको ‘अनुगमनको पनि अनुगमन’ गर्ने योजना पनि अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सबै मन्त्रालयले बनाएको कार्ययोजना अनुसार काम भए, नभएको अनुगमन गर्ने व्यवस्था गरिएको प्रवक्ता कुँवरको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू