अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

प्रथम ‘मिस नेपाल युनिभर्स’ नग्मा श्रेष्ठ मिस नेपाल नर्थ अमेरिकाकी आधिकारिक होस्टमा नियुक्ति

विजय थापा २०७५ असार २९ गते २०:१० मा प्रकाशित

अमेरिकाको न्यु योर्क सहरमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि प्रथम मिस नेपाल युनिभर्स’ नग्मा श्रेष्ठ आधिकारिक होस्ट (कार्यक्रम प्रस्तोता)मा नियुक्ति गरिएको छ । उनलाई मिस नेपाल नर्थ अमेरिका २०१८ ले हालसालै नियुक्त गरेको आफ्नो आधिकारिक सञ्जाल तथा सामाजिक सञ्जाल मार्फत अधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

काठमाडौँमा द हिँडेन ट्रेजरको आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषित गरेको थियो ।

मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि मिस युनिभर्समा नेपालबाट सहभागिता हुन् सकेको थिएन। गत वर्ष सन् २०१७ को मिस नेपालको आयोजना भएसँगै द हिँडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त उपाधि दिँदै मिस युनिभर्समा पठाएको थियो ।

यसै गरी उनी मिस युनिभर्समा सहभागी हुन नग्मा गत वर्ष नोभेम्बर ५ मा अमेरिका आएकी थिइन् । २०१२ कि मिस नेपाल अर्थ भएकी नग्मा फिलिपिन्स मा अन्तिम ८ औ स्थानमा पुनग सफल भएकी नग्मा यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा पुग्ने पहिलो नेपाली प्रतियोगी भएकी थिइन् ।

यसको साथै नग्मा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१६ तथा मिस ईको युनिभर्स नेपाल २०१६ पनि भएकी छिन् । उनी कार्यक्रम प्रस्तोता, मोडल(प्रतिरूप)तथा सामाजिक कार्यकर्ता समेत हुन् ।

यसको साथै मिस नेपाल नर्थ अमेरिकाको नेपालका प्रसिद्ध तथा चर्चित डिजाइनर्स (रूपकार )मा श्वेता आचार्य तथा ममता गुरुङ जोशीलाई आधिकारिक डिजाइनर्स (रूपकार)लाई नियुक्त गरेको छ ।

श्वेता आचार्य अमेरिका मै केही वर्ष अध्ययन गरेर हाल नेपालमै भेषभुषाको क्षेत्रमा होमिएकी छिन् भने २३ वर्ष कै उमेरमा उनले आफ्नो आफू भित्र रहेको सीप र कलाको माध्यमद्वारा आफ्नो नाम स्थापना गर्न सफल रहेकी छिन् ।

यसै गरी ममता गुरुङ जोशी मिम्ज नामकारण स्थापित गर्दै आफ्नो चिनारी बनाउन सफल भएकी छिन् भने उनले आईईसीबाट फेशन डिजाईनिङ्ग ईन्सटिट्युट (संस्था )बाट शिक्षा प्राप्त गरेकी छिन् । यसको साथै उनले टिजीआइएफ सप्ताहमा आफ्ना सङ्कलन प्रस्तुति गरी चर्चा कमाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू