अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

अमेरिकामा कन्दरा ब्यान्डको पहिलो प्रस्तुति बेजोड, विवेकले तताए दर्शकलाई

विजय थापा २०७५ असार १७ गते ९:५५ मा प्रकाशित

पोखराको लोकप्रिय साङ्गीतिक ब्याण्ड ‘कन्दरा’ ले अमेरिकाको पहिलो भ्रमणमा डिसीमा बेजोड प्रस्तुति गरेका छन् । लामो समय सम्म प्रतीक्षामा रहेका उक्त सङ्गीत मण्डलीको प्रसंशक तथा दर्शकहरूले मुख्य गायक विवेक श्रेष्ठको प्रस्तुतिमा उत्साहित र मनोरञ्जन लिँदै दर्शकहरू झुमेका थिए ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा कन्दराको पहिलो प्रस्तुति रहेको हो । सम्मेलन पछि अमेरिकाको टेक्सस, क्यालिफोर्निया राज्यमा समेत कन्दराको साङ्गीतिक कार्यक्रम हुने छ भने अन्य राज्यहरूमा समेत कुरा चली रहेको आयोजकले बताएका छन् ।

डिसी महानगर क्षेत्रमा गत जुन २९ तारिख देखि जुलाई १ सम्म भई रहेको तेस्रो नेप्लिज अमेरिकन कन्भेन्सनको उद्घाटन अमेरिकाका लागी नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले गरेका थिए ।

कन्दरा ब्यान्डले नेप्लिज अमेरिकन कन्भेन्सनको आग्रहलाई स्वीकार गरी सहभागिता जनाएको हो । कन्दरा ब्यान्डको यो पूर्ण रूपमा साङ्गीतिक कार्यक्रम नभई सम्मेलनमा हुने विविध कार्यक्रम मध्ये सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएको छ ।

गत जुन ३० तारिखका दिन सम्पन्न सांस्कृतिक साँझ कार्यक्रममा न्यु योर्कबाट आएका संजोक योञ्जनले आफ्नो गीतबाट कार्यक्रम सुरु गरे पछि प्याराडाईज तथा मोक्ष मन्त्र सङ्गीत मण्डलिले आफ्ना केही गीतहरू प्रस्तुति गरेका थिए ।

कन्दराले आफ्ना गीतहरू प्रस्तुत गर्नुको साथै नृत्य गर्ने शैलीका भन सोल्टी बारम्बार .. साँचो प्रीति लाएकै थिए… एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको ….. र रेसम फिरी रि गीत गाएर मौलिक गायकहरूलाई समर्पित गरेका थिए ।

यसै गरी ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चल कान्छी’ आदी गीतहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू