अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

डिसीमा तेस्रो नेप्लिज अमेरिकन सम्मेलनको समुद्घाटन सुरु, आज कन्दरा को प्रस्तुति हुने

विजय थापा २०७५ असार १६ गते १०:५१ मा प्रकाशित

डिसीमा आज जुन २९ तारिख देखि जुलाई १ सम्म हुने तेस्रो नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन) सुरु भएको छ । उक्त सम्मेलनका प्रमुख अतिथि अमेरिकाका लागी नेपाली राजदूत अर्जुन कुमार कार्की (विद्या वारिधि )ले सम्मेलनको उद्घाटन पानसमा बत्ती गरेका छन् । 

भर्खरै मेरिल्याण्ड राज्य जिल्ला ८ बाट राज्य विधान सभा सदस्यको लागि सम्पन्न डेमोक्रेटिक दलको प्राथमिक निर्वाचनमा भण्डारी निर्वाचित भएका ह्यारी भण्डारी सगुनका कविन्द्र सिटौला, एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह लगायत विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरू, खेलाडीहरू र आमन्त्रित नेपाली समुदायको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य सम्मेलन संयोजक बिना लामाले गरेकी थिइन् । प्रमुख अतिथि राजदूत कार्कीले दूतावास नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फ बाट धन्यवाद दिँदै अमेरिकामा आएर पनि नेपाली कला संस्कृति, पहिचानलाई निरन्तरता, प्रबर्धन र सम्बर्धन गरेकोमा उच्च सम्मान गर्न चाहेको बताए ।

यसै गरी ह्यारी भण्डारीले मन्तव्य राख्दै हामी के गर्ने भन्दा अब हामी कहाँ जाने भन्ने कुराले महत्त्व राख्ने बताए । उनले अगाडी भने ८० प्रतिशत अमेरिकन श्वेत हरूको मतले आफूले डेमोक्रेटिक दलको तर्फ बाट प्राथमिक निर्वाचन जितेका भन्दै ६ हजार घरहरूमा घर दैलो अभियान गरेको बताए ।

साथै साँझ ८:३० मा सांस्कृतिक साँझ कार्यक्रममा क्यालिफोर्नियाबाट लोकप्रिय गायिका नलिना चित्रकार, न्यु योर्कबाट संजोक योञ्जन, नव युवा गायक रुद्र शर्मा लगायत भर्जिनिया स्थित नेपाली पाठशाला सेन्टरभिलका विद्यार्थीहरूले विशेष नेपाली सांस्कृतिक झल्कने बेजोड प्रस्तुति गरेका थिए ।

पहिलो चरणमा औपचारिक कार्यक्रम तथा दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । सम्मेलनको लागि नेपालको प्रसिद्ध सङ्गीत मण्डली कन्दरा ब्यान्ड अमेरिका आई पुगेका र आज प्रस्तुति हुनेछ ।

सम्मेलनको पहिलो दिन जुन २९ तारिख शुक्रवार देखि विभिन्न खेलकुद सुरु भई रहेको छ । कार्यक्रमको सभापतित्व एनआरएन भर्जिनिया शाखाका सभापति गोविन्द सुवेदीले गरेका थिए भने धन्यवाद ज्ञापन उनले गरेका थिए ।

समुदघाटन कार्यक्रमको सञ्चालन उज्ज्वल खड्काले गरेका थिए । यसै गरी सांस्कृतिक कार्यक्रम सञ्चालन पेग याग तामाग तथा परि पराजुली संयुक्त रूपमा गरेका छन् । सम्मेलनका अध्यक्ष विश्व सुवेदीले सबैलाई सहभागी जनाउन आग्रह गरेका छन् ।

तस्बिर सौजन्य :राजीव श्रेष्ठ

प्रतिक्रिया