अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४८ | Colorodo: 10:03

डिसीमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल सँग अन्तरक्रिया, खनालले भने अब मानव तस्करले उन्मुक्ति नपाउने

विजय थापा २०७५ असार १० गते ६:०२ मा प्रकाशित

अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसँग डिसी महानगर क्षेत्रका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

उनले अमेरिकामा रहेका सबैलाई मात्र हैन आफूलाई विश्वास गर्ने सबै नेपालीलाई मानव तस्करको बारेमा बोल्दै मानव तस्करले उन्मुक्ति नपाउने बताए । उनले अगाडी भने यस्ता तस्कर गर्नेहरुका होस् हवास गएको बताउँदै अब उनीहरूका दिन गएका बताए ।

खनालले स्वागत कार्यक्रममा उपस्थित सबैलाई यहाँहरूको भावनाको उच्च कदर गर्दै कहिले कुठाराघात गर्ने छैन । आफ्नो सहयोग सदैव सकारात्मक हुने बताउँदै जस्तो सुकै कठिनाइलाई छिचोल्ने छु । र यहारुले दिएको जिम्मेवारीलाई शिरोधार्य गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले आफ्ना कुराहरू राख्दै अगाडी भने यहाँहरूको शिर कहिले निहुर्याउने छैन भन्दै अमेरिकाका नेपालीले भूकम्प गएको समयमा मातृभूमिलाई गरेको मानवीय सहयोगको प्रशंसा गरे । खनालले यहाहरुको मार्ग दर्शन, सल्लाह सुझावको अपेक्षा गर्दै यहाहरु प्रति भरोसा रहेको बताए ।

उनले शान्ति सुरक्षाको बारेमा विशेष जोड दिँदै नेपाल पहिला जस्तो सुरक्षाको दृष्टिले भयभीत हुनु पर्ने अवस्था नरहेको बताए । उनले अगाडी भने राम्रा काम गर्ने को उजागार गर्ने र नराम्रा काम गर्ने लाई कानुनको कठघरामा उभ्याई कानुन बमोजिम कारबाई गर्न नहट्ने बताए । साथै हामी छिटो काम गर्ने पक्षमा भएको बताउँदै अब नेपालमा डराई रहनु नपर्ने बताए ।

उनले साइबर अपराधले बिश्वब्यापी रूपमा सञ्जाल फैलाएको भएता पनि नेपालमा यस बारेमा काम गरी रहेको बताए । यस्ता साइबर अपराधीलाई कानुनको घेरामा ल्याई रहेको जानकारी गराए ।

उक्त भेटघाट तथा स्वागत कार्यक्रममा डिसी महानगर क्षेत्रका विभिन्न पेसामा संलग्न विशेष व्यक्तित्व तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

महानिरीक्षक सर्बेन्द्र खनाल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको द्धितीय सम्मेलन २०१८मा नेपालको तर्फबाट सहभागी हुन न्यु योर्क आएका थिए ।

स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले जिज्ञासा राखेका थिए भने खनालले पनि सबैको चित्त बुझ्दो जवाफ दिएका थिए । कार्यक्रम युनाईटेड नेपाल तथा डिसी महानगर क्षेत्रका सबै सञ्चार माध्यमको पहलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा युनाईटेड नेपालको तर्फबाट किरण प्रताव केसी तथा सञ्चार माध्यमको तर्फ बाट गुणराज लुइँटेलले मन्तव्य राखेका थिए । कार्यक्रममा खादा तथा पुष्प गुच्छाद्वारा सम्मान गरिएको थियो।

प्रतिक्रिया