अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

काजिश र ज्योति मगरको अभिनयमा नौलाई शून्य नब्बेको भिडियो सार्वजनिक

रोशन पोखरेल, काठमाडौँ २०७५ जेठ २५ गते १०:१० मा प्रकाशित

विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा रुपकुमार राई र मेनुका राईको “नौ लाई शून्य नब्बे ” गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली साँगतिक क्षेत्रमा स्थापित बनिसक्नुभएका गायक रुपकुमार राई र गायिका मेनुका राई तामाङको मौलिक लोकदोहोरी गीत बजारमा आएको हो ।  डी आर आतुको शब्द सिर्जना तथा राजु कार्कीको एरेन्जमा सो गीत आएको हो ।

बैशालु युवा युवतीको कथालाई गीतमा रोचक रूपमा समावेश गरिएको छ । ठटयौली पारामा सिर्जना गरिएको गीतमा सर्वोकृष्ट रूपमा मायाको भावहरू समेटिएको छ । अजय रेग्मीले छायाङ्कन गरेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका छन् । गीतमा ज्योति मगर र काजिश श्रेष्ठको अभिनय रहेको छ । “नौ लाई शून्य नब्बे ” गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

हेर्नुहोस् भिडियो ।