अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

प्रमोद खरेल र कविता शिवाकोटीको आवाजमा टालाटुली बाटुली सार्वजनिक (भिडियो सहित)

रोशन पोखरेल, काठमाडौँ २०७५ वैशाख ४ गते २१:२० मा प्रकाशित

नेपाली आधुनिक गायनको क्षेत्रमा आफ्नो विशिष्ट छवि बनाइसकेका गायक प्रमोद खरेल र गायिका कविता शिवाकोटीको सुमधुर आवाजमा “टालाटुली बाटुली ” म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा बाल्यकालको अवस्थाको बारेमा चित्रण गरेको छ । विगतलाई सम्झिँदै त्यो रमाइलो गरेको कुरा लाई गीतको माध्यमबाट पोखिएको छ ।

किरण के उप्रेतीको शब्द र पुष्कर सुनुवारको सङ्गीत रहेको गीतलाई सन्जिव बराइलीले एरेन्ज गरेका छन् । सो म्युजिक भिडियोमा राजकुमार दर्जी र मनीषा शिरिष मगरले अभिनय गरेका छन् । काजिश श्रेष्ठले भिडियोको निर्देशन गरेका हुन् । अजय रेग्मीले भिडियोलाई छायाङ्कन गरेका हुन भने भिडियोलाई दीपक विष्टले सम्पादन गरेका छन् ।