अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाजमा “तीज आएको बेला” (भिडियो सहित)

रोशन पोखरेल, काठमाडौँ २०७५ असार २५ गते ९:२१ मा प्रकाशित

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज आउन अझै केही समय बाँकी छ । तर पनि नेपाली लोक पारखी मनहरूमा आफ्नो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरूलाई चटारो छ । यसै क्रममा सुपारी म्युजिक प्रालीको प्रस्तुतिमा अनु राना मगर र ओम प्रकाश परियारको निकै रमाइलो तिजको गीत “तीज आएको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा वियोगान्त भावहरू भन्दापनि स्वच्छ मनोरञ्जन दिनको लागी आफूहरूले निकै मेहनत गरेर गीत बजारमा ल्याएको गायिका अनु राना मगरले बताइन । गीतमा राजेन्द्र कडेँल र गायिका अनुराना मगरको आवाज रहेको छ ।

जीवन प्याकुरेलको शब्द सिर्जना तथा राजेन्द्र कडेँलको मौलिक लय सिर्जना तथा विनोद बाजुरालीको एरेन्जमा निकै रमाइलो गीत बजारमा आएको हो ।

गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाङ्कन गरेका हुन भने प्रवीण भटटले सम्पादन गरेका छन् । गीतको भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, उज्वल गिरी दानवीरको नित्य रहेको छ । निकै राम्रो नित्य निर्देशन गर्ने काम भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन ।