अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 23:14

लसएन्जलस निवासी जीत जोशी अमेरिकी विश्व विध्यालयको डिन

बिआरटीनेपाल २०७५ जेठ ९ गते ७:२२ मा प्रकाशित

विश्व व्यापीकरण सँगै नेपालीहरू पनि विभिन्न मुलुकमा पुगेका छन्। विश्वका विभिन्न मुलुक मा पुग्ने क्रम सँगै नेपालीहरूले पछिल्लो समयमा प्रज्ञिक क्षेत्रमा समेत सफलता हासिल गरेका छन्। यसै क्रममा अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस निवासी जीत जोशी अमेरिकी विश्व विध्यालयको डिन जस्तो गरिमामय पद्मा पुग्न सफल हुनु भएको छ।

क्यालिफोर्निया स्टेट यूनिर्भसिटी लङबिच विश्वविध्यालयका डिन एंब सो विश्व विध्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्ष जीत जोशी सम्भबत अमेरिकी विश्वविध्यालयको पहिलो नेपाली डिन हुन।

अमेरिकी विश्वविध्यालयमा प्राध्यापन गर्ने नेपालीहरूको सङ्ख्या भने ठुलै छ। अमेरिकामा मात्र करिब ८० को सङ्ख्यामा नेपाली मूलका प्राध्यापकहरू कार्यरत रहेका छन्।

नेपालको शिक्षा प्रणालीलाई रोजगार मूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको क्यालिफोर्निया स्टेट यूनिर्भसिटी लङबिच विश्वविध्यालयका डिन जीत जोशी बताउनु हुन्छ। नेपालको शिक्षा घोकन्ते खालको भएकाले यसमा आमूल परिवर्तन गरी नेपाली शिक्षालाई रोजगार मूलक बनाउनु पर्ने उहाँको भनाई थियो। अमेरिकामा राज्यको आबश्यक्ता लाई हेरेर विश्वविध्यालयहरुले सोही अनुरूपको जनशक्ति उत्पादन गर्ने भएकाले कसैले बेरोजगार बस्नु नपर्ने  उहाँले बताउनु भयो।

अमेरिकामा १२ कक्षा पछि सबैलाई अनिवार्य व्यावसायिक शिक्षा प्रदान गरिने प्रचलन रहेको भन्दै उहाँले त्यसले विधार्थीहरुमा सैद्धान्तिक ज्ञानको अलावा व्यवहारिक ज्ञान समेत प्राप्त हुने भएकाले उसले सजिलै रोजगारी प्राप्त गर्न सक्ने अवस्था रहेको बताउनु भयो। अमेरिकी शिक्षा प्रणालीलाई अहिले विश्वका अन्य विकसित मुलुकहरूले पनि अवलम्बन गर्दै गइरहेको  उहाँले बताउनु भयो।

पछिल्लो समय अध्यनका लागी अमेरिका जाने नेपालीहरूको सङ्ख्या उल्लेख्यरुपमा बढेको भन्दै उहाँले माघ्यामिक शिक्षा पछि दुई वर्षै व्यवहारिक ज्ञान सहितको शिक्षा हासिल गरेपछि उच्च शिक्षाकालागी अमेरिका आउँदा ज्यादै सजिलो हुने बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू