अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

टिपीएस खारेज गर्ने ट्रंप प्रशासनको निर्णय प्रति काँग्रेस वमेन ग्रेस मेंग र हाउस ककस अध्यक्ष जो क्राउलीको आपत्ति

सिसृक्षा ढकाल, लसएन्जल्स २०७५ वैशाख १२ गते २३:१८ मा प्रकाशित

नेपाली भूकम्प पीडितको टिपीएस खारेज गर्ने निर्णयको तयारीमा ट्रंप प्रशासन भन्ने आशयको अमेरिकी मूलधारको सञ्चार माध्याममा प्रकाशित समाचार प्रति ध्यान आर्किष्ट भएको जनाउँदै काँग्रेस वुमेन ग्रेस मेंग र डेमोक्र्याट्स हाउस ककस अध्यक्ष जो क्राउलीले दुख व्यक्त गरेका छन् । मेंग र क्राउलीले अमेरिकी तिथि अनुसार बुधवार अपरान्ह संयुक्त विज्ञाप्ति जारी गर्दै भनेका छन्, ‘ नेपालमा गएको सन २०१५ को प्रलयकारी भूकम्प पछि अमेरिकामा सुरक्षित भविष्य खोजिरहेका झन्डै ९ हजार नेपालीहरूको टेमप्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) खारेज गर्ने र उनीहरूलाई डिपोर्टेसन गर्ने ट्रंप प्रशासनको निर्णय अदुरदर्शी र दुखद हो ।’

नेपालीले प्राप्त गरेको टिपीएस सुविधा खारेज गरेर डिपोर्टेसन गर्ने निर्णय प्रक्रियामा अघि बढ्नु भनेको राष्ट्रपति ट्रंपको अमानवीय र अनावश्यक कदम भएको टिप्पणी गरेका छन् । गत महिना काँग्रेस वुमेन मेंग, हाउस प्रतिनिधि क्राउली र जेर्ड पोलिसले दर्जनौँ हाउस मेम्बर सहितको समर्थनमा नेपालीले प्राप्त गरेको टेमप्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा नविकरण गर्न ट्रंप प्रशासनलाई हस्ताक्षर अभियान मार्फत आग्रह गरेका थिए । नेपालमा गएको सन २०१५ को प्रलयकारी भूकम्प लगत्तै काँग्रेस वुमेन मेंग र हाउस प्रतिनिधि क्राउलीले अमेरिकामा रहेका नेपालीलाई टेमप्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा प्रदान गर्न तत्कालीन राष्ट्रपति बराक ओबामालाई आग्रह गरे लगत्तै ओबामा प्रशासनले त्यति बेला अमेरिकामा रहेका नेपालीका हकमा तत्कालै यो सुविधा प्रदान गरेको थियो ।

प्रतिक्रिया