अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

बुधबार नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षा सम्बन्धी बैठकमा छ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा व्यक्त

बिआरटीनेपाल २०७५ वैशाख १२ गते १९:०७ मा प्रकाशित

काठमाडौँ । बुधवार नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी बैठकमा छ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका छन् ।

बैठकमा विमलेन्द्र निधि, महेश आचार्य, डा प्रकाशशरण महत, शङ्कर भण्डारी, मोहनबहादुर बस्नेत र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राखेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा उनीहरूले पार्टीले निर्वाचनमा हार्नुका कारण, पार्टीभित्र देखिएको अस्वस्थ्य प्रतिस्पर्धा एवं आगामी दिनमा पार्टीलाई अगाडि बढाउने रणनीतिका विषयमा गम्भीर हुन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा शङ्कर भण्डारीले स्व खुमबहादुर खड्काले पार्टीमा पु¥याएको योगदान, पार्टीभित्र देखिएको अस्वस्थ्य प्रतिस्पर्र्धा र नेपाली काँग्रेस सरकारमा हुँदा भएका निर्णयको जिम्मेवारीका विषयमा आफ्नो विचार राखेका थिए ।

उक्त बैठकमा प्रवक्ता शर्माले पराजयका छ वटा कारण प्रस्तुत गर्दै पार्टीभित्रको अन्तर्घात, आमनागरिकको मन जित्न असफल, महत्त्वपूर्ण मुद्दामा बहिर्गमन, सम्प्रेषण क्षमतामा ह्रास, ओझेलमा परेको भविष्य, परम्परागत सङ्गठन शैली, सैद्धान्तिक पुनःव्याख्याको अभावलाई औँल्याएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू