अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

बानाको नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

विजय थापा २०७५ वैशाख १० गते २२:२० मा प्रकाशित

हरेक वर्ष बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले मनाउँदै आएको नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई यस वर्ष पनि विगतका वर्ष झैँ निरन्तरता दिएको छ । तर यस पटकको नयाँ वर्ष शुभकामना आदान प्रदान दुई कुरामा पृथकता रहन पुगेको छ । 

पहिलो, स्थापना भएको १४ वर्ष पछि आफैले हालसालै खरिद गरेको आफ्नै भवनमा कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सफल भएको छ भने दोस्रो हरेक वर्ष मनाउँदै आएको सांस्कृतिक साँझ कार्यक्रमले निरन्तरता दिन भने पाएन ।

भर्खर सामुदायिक भवन खरिद गरे पछि ऋणको बोझ आफ्नो थाप्लोमा बोकिरहेको बानाले खर्चमा कसरी न्यून गरी सामुदायिक श्रोत केन्द्रको रकम चुक्ता गर्न गम्भीर रहेकोमा प्रशंसाको पात्र भएको छ ।

यसको साथै कार्यक्रम दिउसो १ बजे देखि साँझ ७ बजे सम्म समय व्यवस्थापन गरी आउन सबैलाई सजिलो होस् भनी कार्यक्रम राखिएको थियो भने समुदाय सदस्य दिनभरि आएका थिए । सन् २००४ मा स्थापना भएको बानाले सदैव अन्य विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको भएता पनि पहिलो पटक आफ्नै छाना मुनि समुदायलाई बोलाएर कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ ।

बानामा अध्यक्ष बन्ने अवसर पाएकी प्रथम निर्वाचित महिला अध्यक्ष रविना थापाले सामुदायिक भवन निर्माण हेतु जम्मा गरेर राखेको करिब पन्ध्र हजार डलर रकम उनी पछि अध्यक्ष भएका बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठलाई रकम हस्तान्तरण गरेको बताइन । सो रकमबाट नै बानाको सामुदायिक भवन निर्माणको प्रारम्भ भएको इतिहास बानाकि पूर्व अध्यक्ष रविना थापाले कार्यक्रममा सार्वजनिक रूपमा समुदायलाई अवगत गराइन । 

उनले त्यो सामुदायिक भवनको लागि प्रारम्भिक बिउ रोपेको र थापा कै कार्यकालमा समिति सदस्य रहेकी अनु श्रेष्ठ वन्तले एक महिलाले सुरुवात गरेको कार्यलाई निरन्तरता दिँदै वन्तले आफू अध्यक्ष भए पछि आफ्नै सामुदायिक भवन खरिद गरी नयाँ वर्ष कार्यक्रम सोही भवनमा गर्न सकेकोमा हर्ष व्यक्त गरिन ।

अध्यक्ष अनु श्रेष्ठ वन्तले महिला घर बनाउन सक्षम हुन्छन् र समुदायमा पनि घर बनाउन सक्षम हुन्छन् भन्ने सन्देश दिएकी छिन् । तर विशेष बाना सामुदायिक भवन निर्माण गर्न बाल्टिमोरवासीको अथक प्रयासबाट सम्पन्न भएको हो । पूर्व अध्यक्ष विजय श्रेष्ठले सप्ताह महापुराणको आयोजना गरे भने कानुनी रूपमा र काउन्टीका अनेक कार्यसँग सङ्घर्ष गर्दै पूर्व अध्यक्ष अभियन्ता कुलमणि आचार्यको पनि ठुलो भूमिका खेलेका छन् । 

बानाले आफ्नै भवनमा कार्यक्रम गरे पछि न्यु योर्कका वरिष्ट कानुनविद तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष तथा कार्यक्रमका अतिथि खगेन्द्र जिसीले बानालाई शुभकामना दिँदै आज यो दिन ऐतिहासिक दिन जस्तो लागेको बताए । हामीले कहिले आफ्नो पहिचान बिर्सनु हुँदैन उनले भने । विदेशमा बसे पछि पहिचान को कुरा ठुलो महत्त्व हुन्छ भने । उनले अमेरिकन सरकारद्वारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपीएस) विषयमा अबको केही दिनमा सकिने हुँदा यसको नवीकरण हुने छ आफूलाई आशा लागेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा महा वाणिज्य दूत प्रेम राजा महतले महा वाणिज्य दूतावास तथा आफ्नो व्यक्तिगत शुभकामना दिँदै बानाले ऐतिहासिक कार्यक्रम गरेकोमा हर्ष व्यक्त गरे । बानाले गरेको कार्यक्रममा जति जति उपस्थित हुनु भएको छ वहाहरु घर मै आउनु भएको बताए । 

अध्यक्ष अनु श्रेष्ठ वन्तले यो अवस्थासम्म आई पुग्दा आफूलाई साथ दिने सबैलाई धन्यवाद दिइन । पूर्व अध्यक्ष रबिना थापाको कारण बानामा प्रवेश गरेको हु हु भन्नु पर्दा मलाई कुनै सङ्कोच छैनन् भनिन । रबिनाले भवनको सुरु गरिन, त्यसलाई मैले निरन्तरता दिए । हामी दुई जना महिला मिलेर घर बनायौ । यसको अर्थ यो हैन कि हामीले मात्र बनायौ भन्ने हैन, सबैको अथक प्रयास र सहयोग नभएको भए आज बानाको घर हुने थिइन् भनिन ।

दिदी बहिनीहरूले आफूलाई साथ नदिएको जस्तो लागेकोमहसुस भएकोले सबैलाई आफूलाई साथ दिन आव्हान गरिन । दिदी बहिनीहरूलाई बाहिर गएर काम गरेको सायद मन नपरेको हो कि प्रश्न गरिन ? सदैव सकारात्मक सहयोग राख्नु पर्ने र राम्रो काम गरेकोमा प्रशंसा गर्नु बताइन । 

उनले बानाको भवन बारेमा बोल्दै महिलाले घर बसाउँछे तर त्यहाँ कहिले बस्न पाउँदिन। तर अरू ठाउँमा बनाउँछे भनिन । उनले मेरो जन्म बाग्लुङ्गमा तर मेरो घर काठमाडौँ मा भयो । महिलाले समाजको घर पनि बनाउन सक्छे भन्ने बताइन । अमेरिकाको न्यु योर्क आए तर घर बाल्टिमोरमा बन्यो भनिन । उनले मन्तव्य राख्दै संस्थालाई कसैले दोष दिन नहुने भन्दै पूर्व अध्यक्षले राम्रो के गरेका छन् त्यो हेर्न आव्हान गरिन ।

नव वर्षको आदान प्रदान कार्यक्रमका अतिथि एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, बाना संस्थापक गणेश मलेखु ,बाना संस्थापक नारायण थापा, बाना भवन निर्माणमा सहयोग गर्ने कुलमणि आचार्य, दुई पटक विश्व किर्तिमान गर्न सफल कराते खेल्दै उज्ज्वल ठकुरी, पर्यटन दूत ज्ञानु रिमाल, ध्रुव वन्त लगायतलाई खादा ओढाई सम्मान गरिएको थियो । यसको साथै चन्दादाता तथा आर्थिक सहयोग गर्ने सबैलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । प्रमाण पत्र महा वाणिज्य दूत प्रेम राजा महत तथा वरिष्ठ अधिवक्ता खगेन्द्र जिसीले वितरण गरेका थिए ।

शुभकामना मन्तव्य दिनेहरूमा प्रवासी नेपाली मञ्चका केन्द्रीय अध्यक्ष प्रभु थापा, एनआरएन आईसीसी सदस्य राजन त्रिपाठी, बानाका संस्थापक नारायण थापा, नासो कम्युनिटीका अध्यक्ष गोपाल विक, नासोका पूर्व अध्यक्ष धरम विश्वकर्मा, बाना संस्थापक गणेश मलेखु, बानाका पूर्व अध्यक्ष रबिना थापा, बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ, बानाका पूर्व अध्यक्ष कुलमणि आचार्य, एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष दुर्गा श्रेष्ठ, म्याग्दी समाज युएसएका अध्यक्ष अमर छन्त्याल, कास्की समाजका अध्यक्ष कुल गुरुङ, तनहुँ अमेरिका सोसाइटीका अध्यक्ष पर्ला रेग्मी, पर्यटन दूत ज्ञानु रिमाल, पशुपतिनाथ मन्दिरका उपाध्यक्ष विश्वराज गौतम, नेपाल अमेरिका चलचित्र सोसाइटीका संस्थापक पूर्ण सिंह बराइली, सञ्चारकर्मी विजय थापा, दोहोरो गिनिज वर्ल्ड रेकर्ड विश्व कीर्तिमानी लगायतले बानाले आफ्नै भवनमा कार्यक्रम गरेकोमा बधाई दिँदै सुझाव सल्लाह नयाँ वर्षको शुभकामना दिएका थिए ।

कार्यकमको उद्घाटन प्रमुख अतिथि तथा महा वाणिज्य दूत प्रेम राजा महत तथा अतिथि कानुन बिद खगेन्द्र जिसीले संयुक्त रूपमा पानसमा बत्ती बाली गरेका थिए । कार्यकमको सुरुवात नेपाली तथा अमेरिकन राष्ट्रिय गानबाट सुरु गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सुबोध विलास पन्तले गरेका थिए भने कार्यक्रम सचालन हिरा लाल गुरुङले गरेका थिए । यसै गरी प्रमाण पत्र वितरण कार्यकम को सहयोगीको भूमिका सागर घिमिरे लगायत सबै समिति सदस्यले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू