अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

दोधारमा ओलीः पहिले चीन जाने कि मोदीलाई काठमाडौंमा स्वागत गर्ने ?

कान्तिपुर २०७५ वैशाख ८ गते १९:१९ मा प्रकाशित

भारतको तीन दिने राजकीय भ्रमणलगतै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेचिङ पठाएका प्रधानमन्त्री के पी शर्मा ओली पहिला चीन भ्रमण गर्ने कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँमा स्वागत गर्ने दोधारमा छन् ।

कान्तिपुर दैनिक लेख्छ– ज्ञवालीको भ्रमणका क्रममा चीनले ओलीलाई स्वागत गर्न आतुर रहेको सन्देश दिएको छ भने कूटनीतिज्ञहरूले भारतीय समकक्षीलाई चीन भ्रमणअगावै काठमाडौँमा स्वागत गर्न सुझाएका छन् । यसले प्रधानमन्त्रीलाई निर्णय लिन थप कठिन बनाएको छ ।

स्रोतको हवाला दिँदै कान्तिपुर अगाडि लेख्छ– मोदी काठमाडौँ ओर्लनुअघि नै प्रधानमन्त्री बेइजिङ पुगेर फर्कनेबारे आन्तरिक छलफल चलिरहे पनि निर्णय हुन बाँकी छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण वैशाख अन्तिम वा जेठ पहिलो साता नै हुनसक्ने परराष्ट्रका अधिकारी बताउँछन् । भारतीयले उक्त चाहना कूटनीतिक माध्यमबाट व्यक्त गरिसकेको भए पनि त्यसको निर्णय भएको छैन ।

प्रधानमन्त्री भएपछि पहिला दिल्ली जाने परम्परालाई निरन्तरता दिएका ओलीलाई चीन भ्रमण तत्काल गर्न एक प्रकारको दबाब छ । परराष्ट्र मन्त्रालयमा प्रधानमन्त्रीको उत्तर यात्राबारे लगातार छलफल भइरहे पनि कुन पहिला भन्ने टुङ्गो लाग्न सकेको छैन । 

सम्बन्धित सामग्रीहरू