अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

नेपाल भ्रमणमा आफ्नै कार ल्याउँदैछन् मोदीले

कान्तिपुर २०७५ वैशाख १३ गते २१:०१ मा प्रकाशित

काठमाडौँ – चीन भ्रमण सकेको ११ दिनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै कार ल्याउने भएका छन् । भारतीय सेनाको विमान काठमाडौँ उत्रिनु तीन दिन अघि नै उनी चढ्ने कार काठमाडौँ र जनकपुर आइसक्नेछन् ।

उनी विशेष प्रकारको कार प्रयोग गर्छन् । आजको कान्तिपुरमा यो खबर छ । आन्तरिक उडानका लागि उतैबाट हेलिकप्टर ल्याउन ेवा नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्ने भन्ने छलफल चलिरहेको छ ।यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भने बुद्ध एयरको विमान प्रयोग गरेका थिए । २०७१ साउन र मङ्सिरमा नेपाल भ्रमणमा नेपाल भ्रमण गर्दा पनि मोदीले आफ्नै कार ल्याएका थिए ।

कतारले अनुदानमा दिएको कारबाहेक तीन वटा बुलेट प्रुफ कार पनि छन् । पछिल्लो समय नेपालसँग आगन्तुक भीभीआईपीले प्रयोग गर्ने कार छ । तर, मोदीले यस पटक पनि आफैँ कार ल्याउन लागेका हुन् । 

सम्बन्धित सामग्रीहरू