अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५६ | Colorodo: 14:11

कतारमा रहेका नेपालीलाई रमजानमा राहत

कान्तिपुर २०७५ जेठ २ गते १९:३३ मा प्रकाशित

काठमाडौं – कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाता कम्पनीलाई कारबाही गर्ने सूचना जारी गरेको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि घटाएर ६ घण्टा कायम गरिएको छ । काम गर्ने समय ६ घण्टा कायम गरे पनि रोजगारदाताले पूरा दिनको लतब र सेवासुविधा भुक्तानी गर्नुपर्ने छ ।

मन्त्रालयले ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाताविरुद्ध उजुरी दिन अनुरोध गर्दै त्यस्तो पाइए कारबाही गर्ने चेतावनी दिएको छ । आजको कान्तिपुरले पृष्ठ २ मा यो समाचार छापेको छ ।

कतारमा झन्डै ४४ हजार कम्पनीमा २३ लाख आप्रवासी कामदार छन् । ती मध्ये चार लाख नेपाली छन् । इस्लामिक मामिला मन्त्रालयका अनुसार बिहीबरबाट रमजान सुरु हुँदैछ ।

सम्बन्धित सामग्रीहरू