अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

मोदी भ्रमणको तयारीः रंगभूमि मैदानमा तीनवटा हेलिप्याड

कान्तिपुर २०७५ वैशाख २० गते २०:२० मा प्रकाशित

जनकपुर – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नजिकिँदै गर्दा भारतका सुरक्षा र विदेश मामिलाका उच्च अधिकारीले जनकपुरमा भइरहेको तयारी र सुरक्षा बन्दोबस्तबारे चासो राखेका छन् । भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते बिहान ९ बजे भारतीय वायुसेनाको हेलिकप्टर चढेर सिधै जनकपुर आउने कार्यक्रम छ । नयाँदिल्लीबाट जहाजमा पटना ओर्लिने मोदी र उनको टिम तीनवटा हेलिकप्टरमा जनकपुर आउनेछन् ।

रंगभूमि मैदानको दक्षिणतर्फ हेलिकप्टर अवतरणका लागि कंक्रिटका तीनवटा हेलिप्याड निर्माण गरिने भएको छ । भारतीय वायुसेनाका पाइलट अभिनिल रायले ३० देखि ४० मिटरको हेलिप्याड बनाउन सुझाइएको बताए । 

‘भारतीय वायुसेनाका प्राविधिक र पाइलटले मोदी चढेको हेलिकप्टर ल्यान्ड हुने स्थल र त्यहाँ गरिने तयारीबारे चासो देखाएका थिए,’ प्रदेश २ का एक मन्त्रीले भने । ‘हेलिप्याड र भीआईपी डयासको विपरीत दिशाबाट पब्लिकको इन्ट्री हुनुपर्ने भारतीय अधिकारीको माग छ,’ प्रदेश सरकारका ती मन्त्रीले भने, ‘हामीले त्यहीअनुसार तयारी अगाडि बढाएका छौँ ।’ भारतको एयरफोर्स र अन्य प्राविधिक टिमले रंगभूमि मैदानको नापनक्सा पनि लिएका थिए ।

रंगभूमि मैदान मर्मतसम्भार गर्न र सजाउन थालिएको छ ।

सम्बन्धित सामग्रीहरू