अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)का २०१८ का कार्यक्रमहरूका घोषणा

विजय थापा २०७५ वैशाख ७ गते ८:२३ मा प्रकाशित

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस) ले २०१८ का कार्यक्रमहरूका घोषणा गरेको छ । समुदाय बढ्दै गएको र कार्यक्रम माथि कार्यक्रम जुध्ने अवस्था भएकोले अप्रिल २०१९ सम्म आफ्ना कार्यक्रम प्रस्तुत गरेको छ ।

यसो गर्नु को मुख्य कारण समुदाय बाक्लिदै गएको र एकै पटक थुप्रै कार्यक्रम हुने हुँदा कार्यक्रममा समुदाय सदस्यहरूलाई भ्याई नभ्याई हुने हुनाले एक वर्षको कार्यक्रम नै ल्याई सूचना दिइएको जानकारी अध्यक्ष कमला खरेलले बताइन । उनले अगाडी भनिन यसो गर्दा पहिलो घोषणा गरेका कार्यक्रममा अन्य कार्यक्रम नजुध्ने र त्यही अनुसार अन्य संस्थाले आफ्नो कार्यक्रम तय गर्ने बताइन । अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस) ले भर्खरै मात्र सामाजिक सञ्जाल एएनएचएस हेल्पलाइन को घोषणा गरेको छ । अमेरिका कै क्रियाशील संस्था मध्ये कै समाज सेवामा अग्रणी भूमिका निर्वाह गर्दै नेपाली समुदायलाई मर्दापर्दा साथ दिने संस्था एएनएचएसले आकस्मिक कोष पनि खोलेको छ । 

आगामी कार्यक्रमहरूमा जुन १७ तारिख एएनएचएस बनभोज ,अगस्त ४ तारिख स्वास्थ्य परीक्षण ,सेप्टेम्बर १ तारिख तीज कार्यक्रम ,सेप्टेम्बर १४ तारिख ऋषि पञ्चमी ,सेप्टेम्बर १५ तारिख तारिख हे मार्केट डे , नोवेम्वर ४ देउसी भैलो,फेब्रुअरी, १० तारिख ,२०१९ एएनएचएस एकेडेमी तेस्रो उत्सव तथा अप्रिल २७ तारिख एएनएचएस साधारण सभा राखेको छ । संस्थाले आफ्ना कार्यक्रम अग्रिम रूपमा राखेकोले उक्त समयमा कुनै पनि कार्यक्रम नराखी दिन समेत आग्रह गरेको छ ।  

प्रतिक्रिया