अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

वडासदस्य अलिउल्ला खाँको निधन, एक दिन सार्वजनिक विदा

दिनेश ठाकुर - नेपालगन्ज २०७४ चैत ७ गते ११:४२ मा प्रकाशित

बाँके डुडुवा गाउँपालिका वडा नं. ३ का वडासदस्य तथा गाउँसभा सदस्य ४२ वर्षिय अलिउल्ला खाँको निधन भएको छ । गएराती ९ बजे घरको छतबाट खसेर गम्भीर घाईते खाँलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटो मै निधन भएको परिवारले बताएको छ ।

गाउँसभा सदस्य खाँको निधनले गाउँपालिका स्तब्ध भएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी र ३ नंम्बर वडाध्यक्ष भण्डारीलाल यादवले आज शोक बक्तव्य जारी गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उहाँहरुले खाँको निधनले गाउँपालिकालाई नै क्षति पुगेको भन्दै शोकको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धेर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

उहाँको आजै दिउसो ३ बजे धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

गाउँपालिका कार्यालयले उहाँको निधनको शोकमा गाउँपालिका र ६ वटै वडा कार्यालयमा आज एक दिनको सार्वजनिक विदा गरि शोक मनाउदैछ । मृतक खाँ स्थानीय तहको निर्बाचनमा सघिंय समाजबादी फोरम नेपालबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

वडा नं ३ बनकटीको हलबलडोली गाउँ निवासी उहाँका ३ छोरा र ३ छोरी रहेका छन भने २ छोरा र १ छोरी अपागंता भएको रहेका छन । उहाँ पहिलो पटक राजनितिमा प्रबेश गरि वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू