अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

विधिको शासन आजको राजनीतिमा आवश्यक छ – सांसद ढकाल

बिआरटीनेपाल २०७४ माघ १८ गते ०:३६ मा प्रकाशित

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालले नेपाली राजनीतिमा विधिको शासनको कुरा अझै आवश्यक रहेको वताउनु भएको छ ।ढकालले मोरङस्थित पथरी जेसीजको जिरिखिम्तीमा आयोजित छैटौं पदस्थापन कार्यक्रममा बोल्दै जेसीजको विधिको शासनको मुलमन्त्र नेपाली राजनीतिमा आवश्यक रहेको प्रसंग अघि सार्नु भएको हो ।

जेसीजको विधिको शासन सहित व्यक्तित्व र नेतृत्व विकासको मुल नाराले देशको समग्र उन्नतीमा समेत टेवा पुर्याउने काममा सहयोग पुगोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा, नेपाल जेसीजका वर्ष २०१७ का नेशनल मिडिया चेयरमेन एवम् पथरी जेसीजका पूर्व अध्यक्ष दीपेन्द्र तिम्सिना र नेपाल जेसीजका वर्ष २०१८ का राष्ट्यि कार्यकारी उपाध्यक्ष एवम् पथरी जेसीजका संस्थापक अध्यक्ष अशोक शंकरलाई सांसद ढकालमार्फत विशेष सम्मान प्रदान गरिएको छ ।

त्यस्तै, तात्कालिन महासचिव सन्तोष ढुंगेललाई उत्कृष्ठ कार्यक्रम संयोजक रनिङशिल्ड प्रदान गरिएको छ । उत्कृष्ठ कार्यक्रम संयोजकमा रुपमा अनु राई पनि सम्मानित वन्नु भयो ।

विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्व एवम् व्यवसाय क्षेत्रका खेम ढुंगेल, देवीप्रसाद प्रसाई, अर्जुनकुमार बुढाथोकी, मुरारी आचार्य, उद्धव वस्नेत, पर्शु मिश्र, मदन गुरागाई, जयनारायण अधिकारी, गणेश श्रेष्ठलाई जेसीजको मानार्थ सदस्यता प्रदान गरिएको छ ।

सो अवसरमा, वर्ष २०१७ का अध्यक्ष यादवचन्द्र दुलालले वर्ष २०१८ का अध्यक्ष टीकाविक्रम चौहानलाई पदहस्तान्तरण गर्नुभएको छ ।

यसअघिको साधारणसभाबाट निर्वाचित र पदहस्तान्तरण कार्यक्रममा अध्यक्षद्धारा मनोनित सवैलाई सपथग्रहण गराइएको छ ।

कार्यकारी उपाध्यक्षमा अनोज घिमिरे र मानवहादुर दियाली, महासचिवमा टीएन तिम्सिना, कोषाध्यक्षमा गोपाल सावाँ, कानूनी सल्लाहकारमा रविन राई तथा उपाध्यक्षहरुमा जनक पोखरेल, अनु राई, इश्वरी सापकोटा र दिपेश रिजाल तथा सचिवमा प्रदिप फुयाँल समेत सर्वसहमत रुपमा चयन भएका छन् ।

सांस्कृतिक संयोजकमा सुमन कुरुङवाङ, वातारण संयोजकमा रविन अधिकारी, सूचना प्रविधिमा तारा लावती लिम्बू, भातृत्व विकासमा पारु चौलागाई संघ संस्थामा युवराज रायामाझी, सञ्चारमा दीपेन्द्र दहाल, शिक्षामा सुवर्ण अधिकारी, कोषबृद्धिमा विजय डाँगी, विजनेशमा सोनु महेश्वरी, स्वास्थ्यमा चन्दा विष्ट संयोजक तोकिनु भएको छ ।

त्यस्तै, सदस्य बृद्धिमा टेकेन लिवाङ, खेलकुदमा निरज वस्नेत, प्रकरण निर्देशकमा मोहन श्रेष्ठ, वातावरणमा काँशीराज राई, तालिममा सन्तोष ढुंगेल, पब्लिक रिलेशनमा लक्ष्मी सुवेदी, शाखा सम्पादकमा सरोज दहाललाई संयोजनको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू