अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

जेलमा रहेका माओवादी नेता बालकृष्ण ढुङ्गेलको गीति एल्बम पार्टी प्यालेसबाट बिमोचन

बिआरटीनेपाल २०७४ चैत १० गते ०:२८ मा प्रकाशित

माओवादी नेता बालकृष्ण ढुङ्गेलको गीति एल्बम विमोचन गरिएको छ ।  बिहीबार काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा एक समारोहकाबीच राष्ट्रिय गानका लेखक व्याकुल माइला, पूर्वमन्त्री एवं माओवादी नेता राम कार्की र युग पाठक लगायतकाले एल्बम विमोचन गरेका छन् । एल्बममा पाँचवटा गीत छ जसमध्ये तीनवटाको भिडियो समेत रिलिज भएको छ। ढुंगेल जनयुद्धकालिन मुद्दामा दोषी ठकर भई जेल परेका छन् ।

‘खाली खुट्टे’ एल्बमका सबै गीत ढुङ्गेलले लेखेका छन्। जसमा अन्जु पन्त, शिव परियार, दीपक लिम्बु र रामचन्द्र काफ्लेलगायतले गीत गाएका छन्। सङ्गीत चेतन सापकोटाको रहेको छ। जेल बाहिर रहेकै बेला ढुङ्गेलले उक्त गीतहरू लेखेका थिए ।

प्रतिक्रिया