अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

चर्चामा रहेको चलचित्र शत्रु गतेको ट्रेलर सार्वजनिक

प्रदिप कार्की २०७४ फागुन १८ गते १०:११ मा प्रकाशित

पछिल्लो समय गीत र स्टारकास्ट मार्फत चर्चामा रहेको फिल्म ‘शत्रु गते’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथासार बताइएको छ । राजधानी स्थित ब्रिक्स क्याफेमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यस फिल्म मार्फत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य फिल्म निर्माणमा फर्किएका छन् । प्रदीप भट्टराई निर्दे्शित फिल्ममा महसँगै दीपकराज गिरी , दीपाश्री निरौला , किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई मह सञ्चारको ब्यानरमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरीले संयुक्त रूपमा लेखेका हुन् भने संवाद निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् । यसमा छायाङ्कन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । 

प्रदीप भट्टराई: फिल्ममा हामीले मनोरंजनसंगै सामाजिक विषयवस्तु पनि समेटेका छौ । फिल्ममा मदन दाइ, हरि दाइ हुनुहुन्छ, यसैले पनि अझै जिम्मेवारी बढेको छ । मेरो डेब्यु फिल्म जात्रा हेर्ने र रुचाउने दर्शकलाई यसले निराश बनाउदिन भन्ने आस छ ।