अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

समुदायलाई नि:शुल्क स्वास्थ्य जाँच दिने उद्धेश्यले आन्वाद्वारा कार्यक्रमको आयोजना साथै अर्थ सङ्कलन

विजय थापा २०७४ फागुन १३ गते १०:०३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा आधिकारिक रूपमा सन् २००५ मा स्थापना भएको अमेरिका नेपाल महिला सङ्घले गत फेब्रुअरी २४ तारिख समुदायलाई नि:शुल्क स्वास्थ्य जाँच दिने उद्धेश्यले प्रेम दिवस नामक कार्यक्रमको आयोजना गर्दै अर्थ सङ्कलन गरेको छ । 

गत फेब्रुअरी १४ तारिख प्रणय दिवस (भ्यालेनटाईन) दिवस सम्पन्न भएता पनि अमेरिकाको व्यस्त समय र सबैलाई समेट्ने हेतुले बिदाको दिन बनाएर भ्यालेनटाईन पार्टी हर्सौल्लासका साथ मनाइएको छ ।

कार्यक्रमको मुख्य ध्येय अर्थ सङ्कलन गर्ने र मनोरञ्जन गर्ने हेतुले गरिएकोले यसै संघसंग सम्बन्धित सदस्य तथा यसका शुभ चिन्तकहरुले आ-आफ्ना प्रस्तुति गरेका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष विजया साहले सबैलाई स्वागत गर्दै मनोरंजनमा सरिक हुन् आव्हान गर्नु भएको थियो । त्यसै गरी निःशुल्क स्वास्थ्य शिविरसँग स्थापना कला देखि नै निःशुल्क स्वयम् सेवक रूपमा काम गर्दै आउनु भएका चिकित्सक महेश्वर वैद्यले र मेरिल्याण्ड र भर्जिनियामा स्थापित उपचार कक्षले सामना गरेका चुनौती, समस्या तथा आन्वाले गरेको कामको बारेमा बोल्नु भएको थियो ।

यसै गरी स्थापना काल देखि नै सक्रिय तथा आन्वाकि पूर्व अध्यक्ष रिता तिवारीले समुदायकै लागि समर्पित आन्वाले गरेका प्रयासलाई समर्थन गर्न आग्रह सहित यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । यसै गरी आन्वाकि पूर्व अध्यक्ष माधवी कार्की बस्नेतले पनि सङ्क्षेपमा कार्यक्रमको लक्ष्य सहित आयोजना गर्नु पर्ने कारण बारेमा बोल्नु भएको थियो ।

कार्यक्रम सञ्चालन आन्वाका पूर्व अध्यक्ष विष्णु कुमारी थापाले गर्नु भएको थियो भने सर्वप्रथम संस्थाकी वर्तमान अध्यक्ष विजया साह तथा पति डा सुकदेव साह तथा डा श्याम कार्कीको जोडीले गुलाबको फुल दिएर केही शब्द राखेका थिए । 

कार्यक्रममा उपस्थित स्वास्थ्य परिचारिका तथा स्वयम् सेवक रूपमा काम गर्ने चिकित्सक तथा अन्य स्वयम् सेवकलाई पनि परिचय गराइएको थियो । कार्यकमको लागि स्वादिष्ट भोजन र अन्य खाध्य सामाग्रीहरू सदस्य तथा शुभ चिन्तकहरुले प्रायोजन गरेका थिए । कार्यक्रममा मिनाक्षी साह, सुनिता अमात्य लगायतले आफ्ना प्रतिभा प्रस्तुति गरेका थिए ।

कार्यकममा चिट्ठा पनि खेलाइएको थियो भने कार्यक्रममा स्वयम् सेवक रूपमा डिसी क्षेत्रका अन्य सङ्घ/संस्थाका प्रतिनिधिहरू जोडीका साथमा प्रेम दिवसको झझल्को दिँदै रातो पोसाकमा आएका थिए । आन्वाका सदस्य तथा समितिका पदाधिकारीहरूमा भवानी शर्मा ,सरला पाण्डे,एनओएका अध्यक्ष बबिता प्रधान श्रेष्ठ, एनपीपीएका पूर्व अध्यक्ष सरोज प्रजापति, एनपीपीएका शान्ति श्रेष्ठ, एनसीसीईका अध्यक्ष खिलेन्द्र न्यौपाने, एनओएका पूर्व अध्यक्ष राम लाल श्रेष्ठ लगायतले पनि स्वयम् सेवक रूपमा सहयोग गरेका थिए । 

अमेरिका नेपाल महिला सङ्घ ५०१ सी ३ मा दर्ता भएको मुनाफा रहित संस्था हो भने मुख्य लक्ष्य यस क्षेत्रका महिलाहरूलाई विशेष गरी सशक्तिकरण गर्दै यस्ता क्रियाकलापको बारेमा चेतना जगाउने र एक आपसमा अन्तरक्रिया गराउने रहेको छ । आन्वाले बेला बेलामा आँगन बिक्री(यार्ड सेल) तथा नेपालमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृद्धि पनि सञ्चालन गरी रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू