अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५७ | Colorodo: 17:12

फोटो र नामको मोह

विनोद रोका २०७४ पुष १५ गते ४:२८ मा प्रकाशित

पहिला पहिला कार्यक्रममा चाडो पुग्ने मन हुन्थ्यो
अगाडीको कुर्चीमा गएर थ्याच्च बस्ने रहर हुन्थ्यो
मतलब हुदैनथ्यो कोही आओस कि जाओस
मनमा आशा हुन्थ्यो आफ्नो पनि फोटो आओस।

आजकाल,
आजकाल कार्यक्रममा ढिलो पुग्न मन लाग्छ
अनि पछाडिको कुर्चीमा गएर बस्न मन लाग्छ
मतलब हुँदैन कसैले थाहा पाओस नपाओस
मनले भन्छ,

भरसक आफ्नो नाम र फोटो नआवस् ।