अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

गजल

आदित्य राज

आदित्य राज २०७४ पुष ४ गते ३:२६ मा प्रकाशित

अधरमा रातो लालीले सजायौ क्या मजा आयो ।
दुबै आँखाभरी गाजल लगायौ क्या मजा आयो ।

भयो धेरै समय दिलमा सजाएको तिमीलाई ।
तिमीले प्रेमको प्रस्ताब ल्यायौ क्या मजा आयो ।।

भयो यो प्राप्ति कमसेकम गरी संगत तिमीसँग।
सधैँ धोका दिने शैली सिकायौ क्या मजा आयो ।।

तिमी बाहेक अरू कोही छँदै छैनन् मेरा भन्थ्यौ ।
हजारौ व्यक्ति मनभित्रै अटायौ क्या मजा आयो ।।

सबैभन्दा बढी माया तिमीलाई गरेँ मैले ।
बिहेको पत्र बदलामा पठायौ क्या मजा आयो ।।

 

 

(बहर – हजज मुसम्मन सालिम )

 

प्रतिक्रिया